×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डीडीसीको दुध प्रयोग गर्नुहुन्छ ? आधा लिटरको पोकामा आधा लिटर दुध हुँदैन, यसरी जनता ठगीरहेछ डीडीसी !

PRIME CA

डीडीसीको दुध प्रयोग गर्नुहुन्छ ? आधा लिटरको पोकामा आधा लिटर दुध हुँदैन, यसरी जनता ठगीरहेछ डीडीसी !

अर्थ सरोकार

११ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – डीडीसीको दुध।  हामी धेरैले प्रयोग गर्ने दुध । तर थाहा छ यो दुधमा ठगी भइरहेको छ ।  दुग्ध विकास संस्थान  अर्थात डिडिसी बाट उत्पादित दूधको परिमाणमा ठगी भएको तथ्य बाहिरिएको छ ।यस्ता दुधका पोकाहरुमा कम परिमाणको दुध फेला परेको हो ।  गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको बताएको छ ।

डीडीसीले ठगी गरेको थाहा भएपछी यस बिषयमा उसलाई पत्र पठाइएको छ । यसबारे डीडीसीले भने पत्रको जवाफ पठाएको छैन । बर्षौंदेखि डीडीसीले यसरी जनता ठगीरहेको गुनासो आएको थियो ।

यसअघि पानी डिड़ीसीका उतापादनहरु प्रयोग गर्न उचित नभएको चर्चा चलेको थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: