- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – डीडीसीको दुध। हामी धेरैले प्रयोग गर्ने दुध । तर थाहा छ यो दुधमा ठगी भइरहेको छ । दुग्ध विकास संस्थान अर्थात डिडिसी बाट उत्पादित दूधको परिमाणमा ठगी भएको तथ्य बाहिरिएको छ ।यस्ता दुधका पोकाहरुमा कम परिमाणको दुध फेला परेको हो । गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको बताएको छ ।
डीडीसीले ठगी गरेको थाहा भएपछी यस बिषयमा उसलाई पत्र पठाइएको छ । यसबारे डीडीसीले भने पत्रको जवाफ पठाएको छैन । बर्षौंदेखि डीडीसीले यसरी जनता ठगीरहेको गुनासो आएको थियो ।
यसअघि पानी डिड़ीसीका उतापादनहरु प्रयोग गर्न उचित नभएको चर्चा चलेको थियो ।