×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोदावरीमा प्रेमलीला ! होस् गर्नुस् है, नत्र फसिएला…!

LAXMI SUNSIRE
GLOBAL IME BANK

गोदावरीमा प्रेमलीला ! होस् गर्नुस् है, नत्र फसिएला…!

Artha Sarokar

१६ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गोदावरी पार्क । काठमाडौँबाट नजिक भएका कारण पनि यो पार्क धेरैमाझ परिचित छ । राष्ट्रिय बनस्पति उधान नामको यो पार्क धेरै प्रेमजोडीहरुको प्रेम व्यक्त गर्ने ठाउँ हो भन्दा पनि फरक नपर्ला । तर कतिपय प्रेमजोडीहरु यतिसम्म प्रेमलीलाको हद नागने गरेका छन्, जसले गर्दा कतिपय प्रेमजोडीहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् ।


जंगलमै मंगल गर्नेहरु होसियार : 
यस्तो त प्रकृतिको काखमा गोदावरीको मज्जा बेग्लै छ । तर कतिपय प्रेमजोडीहरु जंगलमै अश्लील हर्कत गर्ने गरेका छन् । यी मध्ये केहीलाई प्रहरिले पटक पटक पक्रीसकेको छ । विशेष गरी उधान र उधान वरीपरी हुने गरेका अश्लील हर्कतका विरुद्धमा प्रहरीले अपरेशन नै चलाउने गरेको छ । विशेषगरी पार्क भित्र यौनजन्य क्रियाकलाप गर्नेलाइ प्रहरीले पक्राउ गर्ने गरेको छ ।
प्रहरीले निश्चित समयमा मात्र गस्ती गर्दा बिकृति बढ्यो :
यता प्रहरीले कुन बेला गस्ती गर्छ र कता कता गस्ती गर्छ भन्ने थाहा पाउनेहरुपनि छन् । यसरी प्रहरीको अपरेशन बारे थाहा हुनेहरु प्रहरीलाई नै आँखा छल्ने गरेका छन् । पार्कभित्र कतिपय ठाउँमा खुलेआम यौनजन्य क्रियाकलाप गरेको पनि देखिने गरेको छ । तर प्रहरीले कता गस्ती गर्छ भन्ने थाहा पाउनेहरु गोदावरीको उधान बाहिर जंगलमा यौनजन्य क्रियाकलापहरु गर्ने गरेका छन् ।

कर्मचारी भन्छन् ‘सामान्य हो’ : 
उधानभित्र झार उखल्ने, सफा गर्ने लगायतक कर्मचारीहरुले भने प्रेमजोडीहरुको यस्तो लीला सामान्य हुने गरेको बताएका छन् । ‘यो ठाउँ नै रमाइलो गर्ने ठाउँ हो । जसले जे गर्दा रमाइलो गर्छ त्यहि नै गर्ने हो। ‘ उधानका एक कर्मचारीले अर्थ सरोकारलाइ बताए । यद्यपी पार्कका नियमहरुमा पार्क भित्र जथावाभी गर्न नपाइने भन्ने उल्लेख छ ।     



`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी