×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक प्रकरण : राजासाब जेल जानबाट यसरी बचे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन बैंक प्रकरण : राजासाब जेल जानबाट यसरी बचे

Artha Sarokar

१५ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ – नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले पाकिस्तानी बैंकसँग मिलेर नेपालमा हिमालयन बैंक स्थापना गरे । १२ वर्षअघि तिनै हिमालय शमशेरले छोरा अशोक राणालाई बैंकको हालीमुहाली बनाएर छाडेका थिए । त्यसपछि निरन्तर अशोक राणा हिमालयन बैंकका कार्यकारी भएर राणा शासन चलाइरहेका छन् । मानौं हिमालयन बैंक अशोक राणाको बपौति हो ।
देशमा लोकतन्त्र आयो, ठूला ठूला परिवर्तन पनि भए तर हिमालय बैंकभित्र राणाशासन कायम छ । राणा शासन चलिरहेको छ । हामी त जन्मजात राणा, हामी दिनका लागि हो लिने होइन भनेर धक्कु लगाउने अशोक राणा बैंकलाई आफूखुशी र राष्ट्रबैंकको निर्देशनविपरित सञ्चालन गर्दा धोती खुस्काउन पुगेका छन् । करोड जरिवानामा त परे परे, झण्डै जेलको कालोछिडीमा पुगेका थिए ।
बैंकका कर्मचारी प्रबन्धक सहायक आषिश भक्त सुवालले प्रहरीमा दिएको वयान पैसा र शक्तिको बलमा दिएर सच्चाएपछि अशोकराजा साब जेल जानबाट बचेको प्रहरी स्रोतले बताएको छ । ५ करोड ठगी काण्डको फाइलभित्र भागेर भारत पुग्दा प्रहरीले मुण्ट्याएर नेपाल ल्याएर बयान लिएका आशिष सुवालको वयानको पाना पनि थियो । त्यो पाना सच्याउन राणाले आकाशपाताल एक गरे, सबै शक्ति र एक करोड खर्च पनि गरे ।
त्यसपछि आशिष सुवालले पोलेका अशोक राणाको बयान सच्याएर उनलाई जेल जानबाट बचाइएको छ । नसच्याएको भए यो नेपालको बेंकिङ इतिहासमा कुनै कार्यकारी र अध्यक्षलाई प्रहरीले हथकडी लगाएर बैंकबाटै कस्टडीमा लगेर थुन्नेथियो ।
स्रोतका अनुसार सुवालले दिएको बयान अनुसार– मैले ४ वर्ष भरी यसरी कार्डको रकम झिकिरहँदा बैंकका अध्यक्ष र सिइओलाई थाहा थियो । उनीहरुले रोकेनन्, पछि मैले नै भने पछि मलाई भारत भगाउने र मेरो सम्पत्ति विक्रि गरि लिने कुरा भएको थियो । सिइओ अशोक राणाको यसमा संग्लनता छ । उहाँलाई पव्रmाउ गरि सोधपुछ गर्नुहोस् ।
यसैवीच नेपालका प्रथ मगर्भनर हिमालय सम्सेर राणाको नामकै आधारमा नाम जुराएर खोलीएको हिमालयन बैंक लिमिटेड पछिल्लो राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण प्रतिवेदन हामीले प्राप्त गरेका छौं । गत वर्ष नै राष्ट्र बैंकले हस्तक्षेप गर्न खोजेको हिमालयन बैंकलाई तत्कालीन अर्थ मन्त्री एव काँग्रेसी नेता रामशरण महतले जोगाएको भेटिएको छ । 
तत्कालीन अर्थमन्त्री महतले राष्ट्र बैंकको गर्भनरको सिफारिस समिति हिमालय शम्शेर राणाको संयोजकमा बनाएका थिए । सोही समितिको सिफारिसमा राष्ट्रको गर्भनर बनेका डा.चिरञ्जीवी नेपाल हिमालयन बैंकलाई कारवाही गर्ने पक्षमा नै छैनन्, एक डिपुटी गर्भनरले नाम नलेख्ने शर्तमा बताए । यो सुइको पाएका हिमालय शम्शेर राणा अहिले जनताको पैसामा फुपुको श्राद्ध गर्न लागि परेका छन् । 
उनीले बैंकमा जे गर्न पनि छुट छ रे । राष्ट्र बैंकका दर्जनौ निर्देशनमा एउटा पनि पालना नगर्ने अशोक कै अहमताले हिमालयन बैंक तहसनहस हुदैगएको छ । उनलाई कम्पनी सचिव विपीन हाडाको पूर्ण सहयोग रहेको केही सञ्चालकले बताए ।
    
राणा कार्यकारी रहेको हिमालयन बैंकमा राणा राणाको गठजोड भएर नेपाली सेनाका तत्कालीन प्रधान सेनापति प्रवल शम्शेर राणाले सेनाको कल्याणकारी कोषको पैसा हिमालयन बैंकमा राख्ने व्यवस्था मिलाएका थिए । अहिले पनि सेनाको ४ अर्व भन्दा बढी रकम हिमालयन बैंकमा छ । कर्मचारी संचयकोषको समेत २ अर्व पैसा हिमालयन बैंकमा जम्मा छ । 
लाखौं जनताको निक्षेप पनि हिमालयन बैंकमा छ । सेना र जनताको निक्षेप डुबाउने काम अशोक राणाले गरिरहेका छन् । तैपनि कार्यकारी बनेका अशोक राणा हिमालयन बैंकमा राष्ट्र बैंकले बिर्सेर पनि हेर्दैन भन्ने धाक लगाउँछन् । हिमालय शमशेरका छोरा अशोक राणा जागिरबाट निस्कदा बैंक राष्ट्र बैंकलाई जिम्मा लगाएर जाने स्थितिमा छन् भन्ने टिप्पणी छ बैंकका भित्री रहस्य बुझ्ने केही कर्मचारीहरुको ।
गत ६ महिना अगाडि विदेशमा शाखा खोल्ने नाममा करोडौं घोटाला गरेको घटना हिमालयन बैंकभित्र चर्चित प्रसङ्ग बनेको छ । शाखा खोल्दा ठूलो रकम सिइओले हात पारेको फेला परेको छ । गर्भनर देखि बैंकका केही सञ्चालकलाई विदेश पु¥याएर शाखा उद्घाटन गरियो । महंगो भवनमा राखिएका अतिथिहरुलाई रक्सीदेखि लड्कीसम्मको व्यवस्था गरेको खुलासा समेत भएको छ ।
आफ्नो पोल खोलिदियो भनेर राजतिलक साप्ताहिकका सम्पादकलाई मार्ने धम्की दिने बैंकको कार्यकारी अशोक राणाले अन्नपूर्ण होटलकी आफ्नी वहिनीको कालो धनलाई बैंकमार्फत सेतो बनाइदिएको घटनाको छानबिन हुने हो भने अशोक राणा कार्यकारी होइन, राष्ट्रघातीसमेत सावित हुने स्थिति छ भन्छन् स्रोतहरु ।
प्रहरी स्रोत भन्छ  –  आशिष सुवालले ५ करोड ठगी गरे । उनले अशोक राणालाई पोल्ने पक्का भएपछि उसलाई भारत भगाइयो । यस मामिलामा अनुसन्धान गर्दैजाँदा सुवाललाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्यायो, बयान लियो । बयानमा राणा पोलिए । जिल्ला प्रहरी कार्यालय काठमाडौंका एक सईका अनुसार सुवालको बयान फेरियो र कार्यकारी अशोक राणाालई बचाइयो । यसका लागि राणाले हाम्रा प्रमुखलाई मोटो रकम दिएका थिए ।
  • भूपेन्द्र आचार्य / राजतिलक 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी