
- अर्थ सरोकार सम्बाददाता
प्रकृति… ! हाम्रो आदर्श गुरु । जसको सिकाइमा हाम्रो जीवन्त्व बाँचेको छ । त्यहि प्रकृति जसले हामीलाई हाँस्न सिकाएको छ, बाँच्न सिकाएको छ । विहानीको सुसेलीमा होस् वा साँझको गोधुलीमा, प्रकृति एउटा त्यस्तो स्वरूप हो जसले हामीलाई आनन्दित बनाउँछ ।
अर्थ सरोकार डटकम आर्थिक क्षेत्रमा लागेका तामाम व्यवसायी तथा पेशाकर्मीहरुको मनलाइ शान्त बनाउने प्रयास गरिरहेको छ । आँखालाई सीतल दिएर व्यवसायमा उर्जा थप्ने हाम्रो प्रयास हो र रहनेछ पनि । यहि प्रयासस्वरूप हामी तपाईंहरुलाई प्रकृतिका ती सुन्दर स्वरूपहरु पस्कनेछौँ । सहकर्मी दिक्षा कट्टेल त्यसैमा लागिरहनुभएको छ ।
जनतालाई सुसुचित गर्ने हाम्रो प्रयासमा पाठकको मन बुझ्ने अर्को प्रयास हो यो । हेरौं अर्थ सरोकार डटकमकी फोटो जर्नलिष्ट दिक्षा कट्टेलले आफ्नो क्यामरामा कैद गरेका केहि प्रकृतिका स्वरूपहरु… :













