×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डेस्टिनेसन सुन्दरीजल : ‘पानी, पानी भयो हाम्रो मनपनि…’


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँबासीहरुलाई रमाइलो गर्ने वा घुम्न जाने रमाइलो ठाउँ हो सुन्दरीजल । विशेषगरी हाइकिङ गर्न मन पराउने, पानीसँग खेल्न मन पराउने वा प्रकृतिप्रेमीहरुलाई सुन्दरीजल निकै राम्रो गन्तब्य हुनसक्छ । काठमाडौँबाट नजिक हुनुले पनि काठमाडौँबासीलाइ अझ तानेको छ सुन्दरीजलले । प्लस टु पढ्ने केटाकेटीदेखि साउनमा ‘बोलबम’ जानेहरुको यतिबेला रौनक बढेको छ सुन्दरीजलतिर ।
आर्थिक हिसावले पनि खासै महँगो छैन सुन्दरीजल । फेदीबाटै केहि खानेकुरा साथमा बोक्ने हो भने खासै बढी खर्च हुँदैन । काठमाडौँको कुनैपनि स्थानबाट सुन्दरीजल जान नजिक र सस्तो पनि छ । पिकनिकको लागि समेत राम्रो गन्तब्य मानिएको सुन्दरीजल साथीभाईहरुसँग रमाइलो गर्न पनि उचित छ ।
प्रकृतिको काखमा रमाइलो गर्न चाहानेहरुका लागि उचित गन्तब्य बनेको सुन्दरीजल प्रेम जोडीहरुका लागि पनि घुम्ने राम्रो गन्तब्यका रुपमा विकसित भएको छ । नेपाल आर्मीले सुरक्षा दिएको हुनाले पनि सुन्दरीजल परिसर र त्यसमा पनि शिवपूरी राष्ट्रिय निकुन्ज सभ्य र सुरक्षित समेत मानिन्छ ।        
यसै क्रममा अर्थ सरोकार क्रिउ पनि मंगलबार सुन्दरीजल पुगेको थियो । सुन्दरीजलको काखमा रमाइलो गर्दै गरेका थुप्रै आन्तरिक पर्यटक वा प्रकृतिप्रेमीहरुको भीडमा हामी पनि रमाईरहेका थियौं । यसै बीचमा अर्थ सरोकार डटकमकी फोटो जर्नलिष्ट दिक्षा कट्टेलले खिचेका केहि तश्वीरहरु हेर्नुहोस्  :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: