×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुको उपचारमा अमेरिका जाने पूर्वराष्ट्रपतिका छोरा र छोरीलाई दैनिक ३२ हजार सरकारी भत्ता !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बाबुको उपचारमा अमेरिका जाने पूर्वराष्ट्रपतिका छोरा र छोरीलाई दैनिक ३२ हजार सरकारी भत्ता !

१४ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – सरकारी खर्चमा प्रोस्टेट क्यान्सरको उपचार गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव अमेरिका जाने तयारीमा छन् । तर उनको उपचारमा जाने छोरा चन्द्रमोहन र अनिताले पनि सरकारी भत्ता पाउने भएका छन् । आफ्नै बाबुको उपचारमा खट्टिए बापत चन्द्रमोहन र अनिताले दैनिक (३ सय डलर) ३२ हजार नेपाल सरकारको भत्ता लिने भएका छन् ।
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्वराष्ट्रपति यादवलाई उपचार खर्च बापत ६० लाख उपलब्ध गराउने निर्णय गरेको छ । ५ भदौमा भएको मन्त्रीपरिषदको उक्त निर्णयमा छोरा चन्द्रमोहन र छोरी अनिताको दैनिक भत्ता पनि समावेश गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । पूर्वराष्ट्रपति यादवले अमेरिकामा उपचार, बसाई, चार सहयोगी र सुरक्षाकर्मीको खर्च गरी सरकारसँग एक करोड रकम मागेका थिए । तर सरकारले उनलाई ६० लाख दिने निर्णय गरेको छ । 
६० लाखभित्र बाबुको उपचारमा जाने छोरा–छोरी, सहयोगी र सुरक्षाकर्मी समेतलाई भत्ताको ब्यवस्था गरिएको छ । दाहालले प्रधानमन्त्रीमा सपथ लिएकै दिन पूर्वराष्ट्रपति यादव उपचारका लागि भारत पुगेका थिए । भारतमा लागेको खर्च बापत १० लाख रकम दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । तर पूर्वराष्ट्रपति यादवले भने अझै बुझेका छैनन् । रकम कम भयो भन्दै उनले बुझन अस्वीकार गरेको स्रोतले बताएको छ ।
 पूर्वराष्ट्रपति यादवलाई अमेरिका जान र फर्किन सरकारले विजनेश क्लास र अन्यलाई साधारण क्लासको टिकट दिने निर्णय गरेको थियो । तर पूर्वराष्ट्रपति यादवले जिद्दि कसेपछि सवैलाई बिजनेश क्लासको टिकट दिन सरकार राजी भएको छ । उनको धनुषाको सपहीमा घर खेत, नख्खुुमा घर छ ।
 उक्त घर नजिकै सरकारले नै घरभाडा बेहोरिदिनेगरी उनी डेरामा बसेका छन । यस बाहेक यादवलाई सरकारले मासिक भत्ता दिन्छ । बस्नलाई आवास र चढनलाई गाडी, ड्राइभर तेल सुविधा लगायत सचिवालयको व्यवस्था गरेको छ यो हिसाबले केलाउने हो भने उनको खर्च कम र आम्दानी बढी नै हुन्छ । उनले चाहने हो भने आफ्नो रोगको उपचार आफ्नै खर्चमा गर्न सक्ने आर्थिक हैसियत छ । त्यसमाथि छोराहरु पनि कोही भन्दा कम छैनन् ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: