×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गरिने

LAXMI SUNRISE BANK
GLOBAL

बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गरिने

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताएका छन् ।
बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले “ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुनःनिर्माण गर्नुपर्छ, भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको छ, यसलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन पहल गर्नेछु” – भने ।
गोरखाका सांसदद्वय कृष्ण धिताल र छमबहादुर गुरुङ एवम् पूर्व सांसद अम्बर गुरुङको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र पेस गर्दै जिल्लाको विकास निर्माणमा ध्यान दिन अनुरोध गरेको स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिए ।
  • दियो पोष्ट

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी