×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यि हुन प्रचण्ड सरकारका वेरोजगार मन्त्रीहरु !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यि हुन प्रचण्ड सरकारका वेरोजगार मन्त्रीहरु !

९ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – मन्त्री पनि वेरोजगार ? झट्ट सुन्दा पत्यार लाग्दैन । तर, प्रचण्ड नेतृत्वको सरकार कतिसम्म अस्तव्यस्त छ भन्ने यो एउटा सानो नुमना मात्र हो ।तिनकै पार्टीबाट प्रतिनिधित्व गरेका केही मन्त्रीहरु काम नपाएर वेरोजगार अवस्थामा छन ।
प्रधानमन्त्रीका रुपमा प्रचण्डले शपथ लिएको आज २० दिन पुगिसकेको छ । पहिलो पटक सरकार निर्माणका खेलाडीका रुपमा चिनिएका कृष्ण बहादुर महरा र विमलेन्द्र नीधिले उनीसँगै शपथ लिएका थिए ।
त्यस यता दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी पाँच मन्त्री र चार राज्यमन्त्री थपेर १८ सदस्यीय मन्त्रीपरिषद् बन्यो । जसमा जनार्दन शर्मा (ऊर्जा), सुरेन्द्र कुमार (राम) कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) रहे । त्यस्तै राज्यमन्त्रीहरुमा श्रीप्रसाद जवेगु (सङ्घीय मामिला तथा स्थानीय विकास), सत्यनारायण भगत (ऊर्जा), राधिका तामाङ (कृषि विकास) मन्त्रालयको जिम्मेवारी पाए । मन्त्रालय तोकिएका कारण यी सब काम पाएका मन्त्री र राज्यमन्त्री हुन्।
त्यही समयमा मन्त्री बनेका धनीराम पौडेल र धनमाया विकले पनि शपथ लिएका थिए । तिनले शपथ लिएको दुई हप्ता नाघिसक्यो । उनीहरु मन्त्री त भए झण्डा हल्लाउदै हिड्न पनि पाए । तर जाने र बस्ने ठाँउको टुंगो अझैसम्म लागेको छैन कारण उनीहरुको मन्त्रालय तोकिएको छैन।
उनीहरु मन्त्री र राज्यमन्त्रीका रुपमा सिहदरबार जान्छन । तर उनीहरु कहाँ बस्ने? टुङ्गो छैन । के गर्ने? टुङ्गो छैन । किनभने मन्त्रालय नै छैन ।
मन्त्रालय नै नभएपछि अर्थात् बिना विभागीय मन्त्रीको जिम्मा दिएपछि चुप लागेर बस्नु बाहेक अर्को उपाय छैन। खासमा यी बिना विभागीयवालाहरुलाई शिक्षा मन्त्रालयको मन्त्री र राज्यमन्त्री दिने तयारी थियो । तर कांग्रेसले सोही मन्त्रालयमा अर्जुन नरसिंह केसीलाई पठाउने तयारी गरेसँगै पछि मिलाउने गरी विना विभागीयकै रुपमा झण्डावाल गाडीमा हुँइकिरहेका छन ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: