Skip to content
LAXMI SUNRISE BANK

अब भैंसीलाई पनि सुत्केसी भत्ता !

अर्थ सरोकार


पर्वत – दुधालु भैंसी र पाडापाडी संरक्षणमा चेतना जगाउन जिल्ला पशु सेवा कार्यालयले भैंसीलाई ‘सुत्केरी भत्ता’ दिने गरेको छ । भर्खरै जन्मिएको पाडापाडी मासुका लागि किन–बेच हुन थालेपछि त्यसलाई निरुत्साहित गर्ने उद्धेश्यले यस्तो कार्यक्रम ल्याइएको कार्यालयले जनाएको छ ।

कार्यक्रम अनुसार हरेक भैंसीले एउटा पाडा वा पाडी जन्माएबापत ५ सय रुपैयाँ पाउँछ । तर, त्यसका लागि किसानले केही सर्त मान्नैपर्छ । भैंसीले पाडापाडी जन्माएको र त्यसलाई कृत्रिम गर्भाधान गराएको प्रमाण जिल्ला पशु कार्यालय वा पायक पर्ने पशुसेवा कार्यालयमा बुझाउनुपर्छ ।

पशु विकास अधिकृत विष्णुबहादुर पाण्डेले भने, ‘पोहोरको कार्यक्रमबाट २५ किसानले सुविधा लिए । भैंसीलाई सुत्केरी भत्ताको कार्यक्रम यो वर्ष पनि निरन्तर छ ।

  • कान्तिपुर दैनिक
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK