
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – उपप्रधानमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण अत्यन्त सफल भएको बताएका छन् । भदौ २ गते भारत भ्रमण गरी आज स्वदेश फर्किएका निधिले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दैै भ्रमणबाट आफू असाध्यै सन्तुष्ट भएको बताए । सो क्रममा राजनीतिदेखि विकाससम्मका कुराकानी भएको जानकारी गराए ।
दुइ देशको सम्बन्ध सुमधुर
“भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा लैजाने काम भएको छ, दुई देशको सम्बन्धका बीचमा देखिएको उतराचढावलाई पुनः सुधार गर्न पनि म सफल भएँ” उपप्रधानमन्त्रीले बताए । उनले दुई देशबीच सम्बन्ध अत्यन्त सुमधुर भएको आफूले महसुस गरेको बताउँदै नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबाट त्यस कुराको पुष्टि हुने उनले विश्वास व्यक्त गरे ।
भारत प्रति आभार
आफूले संविधान कार्यान्वयन र विसं २०७४ माघभित्र तीन निर्वाचन सम्पन्न गर्र्ने नेपाल सरकारको प्राथमिकता रहेको कुरा भारतीय नेतृत्वलाई जानकारी गराएको गृहमन्त्री निधिले बताए। उनले भने – “भारत सरकारका प्रतिनिधि र दलका नेताहरुले नेपालको नयाँ सरकारको विदेश दूतका रुपमा मलाई उच्च महत्व दिएर सम्मानपूर्र्ण वातावरणमा कुरा गरे, यसका लागि म आभार व्यक्त गर्न चाहन्छु ।”
को कोसंग भेटघाट ?
भ्रमणका क्रममा उनको भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराज, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंह, उपाध्यक्ष राहुल गान्धी लगायतसँग भेट भएको थियो ।
मधेसकेन्द्रित दलहरुसँगको वार्ताका विषयमा भारतमा छलफल भए नभएकोेबारे उनले यसलाई आन्तरिक समस्या भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्