
- अर्थ सरोकार सम्बाददाता
राज्यद्वारा प्राप्त माओवादी लडाकुको करोडौ रकम अनिमितता गरेको आरोप महरालाई लाग्दै आएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमालेका १३ नेतासहित माओवादी नेता महरालाई पनि अख्तियारले छानविनमा तानेको थियो । तर महराले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको सपथ लिएको दोस्रो दिन नै सफाई दिने निर्णय अख्तियारले गरेको छ ।
महरा शान्ति प्रक्रियापछि माओवादीबाट सवैभन्दा बढि मन्त्री हुने नेता हुन् । माओवादी लडाकुका नाममा राज्यले दिएको रकममा अनिमितता गरेको उजुरीकै आधारमा अख्तियारले उनीमाथी छानविन थालेको थियो । उनले दुई पटक अख्तियारमा बयान समेत दिएका थिए । २० साउनमा अख्तियारले उनलाई क्लिन चिट नै दिएको छ ।
त्यसैगरी अख्तियारले अर्कामन्त्री तथा राप्रपा नेता बिक्रम पाण्डेलाई पनि सफाई दिएको छ । उनी पनि अख्तियारको छानविनमा छन् । मन्त्रीको सपथ लिनुभन्दा एक दिन अघि उनलाई सफाई दिने निर्णय अख्तियारले गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्