×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीको काम कुस्ती खेल्ने हो, विशेष दूत भएर जाने होइन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गृहमन्त्रीको काम कुस्ती खेल्ने हो, विशेष दूत भएर जाने होइन

१३ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम बोल्दै बिजुक्छेंले सभामुखको भूमिकप्रति प्रश्न गरेका हुन् । सभामुख आफ्नो पदीय दायित्व भन्दापनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखापर्दा सहि व्यक्तिलाई सहि स्थान दिन नसक्नुको परिणाम सभामुखको कार्य सम्पादनले प्रष्ट पारेको बिजुक्छेले बताए ।

बिजुक्छेले सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त विद्युत सम्झौता गरिँदै छ यसको साँचो भारतमा रहने भएकाले नेपालका लागि हित नभएको बताउदै उनले अघिल्लो सरकारमा उर्जा मन्त्री टोपबहादुर रायमाझी हुँदा प्रस्ताव गर्नु र हाल माओवादीकै नेतृत्वको सरकारमा संसदमा विधेयक प्रस्तुत गर्नुले पनि वर्तमान सरकारको भारतप्रतिको झुकाव प्रष्ट भएको उनले बताए । उनले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको स्पष्ट पार्दै यो कुरा बिस्तारै प्रष्टिदै गएको उनले बताए ।

दक्षिण एसियामा जसरी संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहेको छ यसले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सिमित रहने उनको टिप्पणी थियो ।

प्रचण्डको नेतृत्वको सरकार गठनसँगै जसरी विशेष दुतका रुपमा भारतमा विमलेन्द्र निधिलाई पठाइयो यो गलत भएको बताउँदै उनले कुस्ती खेल्न पठाउनुपर्ने व्यक्तिलाई दुतको रुपमा पठाउनु प्रधानमन्त्रीको त्रुटि भएको उनको भनाई थियो ।

विजुक्छेले स्थानिय निकायको निर्वाचनको समय जसरी तोकिएको छ यो सम्भव नरहेको भन्दै १४ अञ्चल ७५ जिल्लाकै आधारमा निर्वाचन नगरिए दुई तीन वर्षसम्म पनि निर्वाचन नहुने प्रस्ट पारे ।
तीनवटा निर्वाचन एकै समयमा गर्न नसकिने निर्वाचन आयोगले समेत बताइरहेका बेला जसरी वर्तमान सरकरले लिंडे ढिपिमा लागिरहेको छ यसले पनि प्रष्टाउँछ कि सरकारमा आउन छिमेकीले लगाएको गुण तिर्न उनीहरु लागिपर्ने र नेपालमा अस्थिरता बढाउँदै लगाएको गुण तिर्न लागि परेको आरोप लगाए ।

उनले भारतीय राजदुतले नेपालमा गरिरहेको क्रियाकलाप कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको र नेपालको राजदुत फिर्तासँगै भारतले पनि आफ्नो राजदुत फिर्ता बोलाउनु पर्ने भएता पनि नेपाल सरकारको निरहिता र भारतको हेपाहा प्रवृतिकै कारण रेले नेपालमा मनपरि काम गरिरहेको उनको भनाई थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: