×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन नठगिउन् जनता ? वीर वरपर औसधि पसलहरुहरुमा एउटा सटरको भाडा मासिक १० लाख !

PRIME CA
GLOBAL IME BANK

किन नठगिउन् जनता ? वीर वरपर औसधि पसलहरुहरुमा एउटा सटरको भाडा मासिक १० लाख !

१३ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – वीर अस्पताल, अर्थात सरकारी अस्पताल । सामान्यतया गरिव, दुखी आम नेपालीले उपचार गर्ने सरकारी अस्पताल । बेलाबेलामा वीर अस्पताललाई लिएर विभिन्न विवादहरु पनि बाहिर आएका थिए।  वीर अस्पताल आफैंमा भ्रष्टाचारको अखडा भएको, गरिव जनताका छोराछोरीलाइ ठगेको र औषधिमा कमिसनको खेल हुने गरेका खबरहरु बाहिरिएका थिए । वीर वरपर बेचिने औषधिहरुमा ठगी हुने गरेको चर्चा पनि बेला बेलामा सुनिने चर्चा हो ।

एउटा सटरको भाडा १० लाख !
जनता नठगिउन् पनि कसरी, अस्पताल वरपरका औषधि पसलहरुमा एउटा सटरको भाडा १० लाखसम्म हुने गरेको पाइएको छ । अर्थ सरोकार डटकमलाइ आफ्नो नाम नबताउने सर्तमा त्यहाँ रहेका औषधि पसलहरु मध्येका एक संचालकले सटरको भाडा १० लाखसम्म हुने गरेको बताउँछन् । ‘ठाउँ हेरेर महिनाको एक लाखदेखि १० लाखसम्म सटरको भाडा तिर्नुपर्छ । टहरा नै भएपनि ठाउँमा परेपछि के गर्नु ? तिर्ने पर्यो’ उनको भनाइ छ ।

अस्तपालसँगै मिलेमतो !
अनि त्यत्रो नाफा हुन्छा त औषधीमा भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘नाफा हुने भनेको नै औषधिमा हो । कुनै औषधिमा त ५०० % सम्म पनि नाफा हुन्छ । दिनमा लाखौँ रुपैयाँको औषधि विक्री हुन्छ र त्यहाँ निकै राम्रो ‘मार्जिन’ बस्छ ।’ उनका अनुसार वीरकै प्रशासनसम्म पनि औषधि पसलहरुको मिलेमतो छ । उनी अगाडी भन्छन्, ‘वीर अस्पतालका केहिसंग मिलेमतो नगरे त कहाँबाट व्यापार रार्मो हुनु ?’  
  
डाक्टरलाई पनि कमिसन !  
यस्ता औषधि पसलहरुले डाक्टरहरुलाई पनि कमिसन बाँढ्ने गरेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘मासिक रुपमा डाक्टरहरुलाई कमिसन बाढ्ने गरिन्छ । डाक्टरले पनि आफु निकटको वा आफुलाई कमिसन दिने औषधि पसलमा गएर औषधि किन्न सिफारिस गर्ने गरेका छन् । ‘यहाँ ठुलै गिरोह जनताको पैसा लुट्न लागि परेको छ । औषधिजस्तो संबेदनशील कुरामा अचाक्ली महँगो दर रकहेरा ठगी भैरहेको छ ।

कम कर तिर्न करारमा कम भाडा 
कुनै पनि व्यवसायले घरभाडा कर तिर्नुपर्छ । घरभाडाको १० प्रतिशत रकम कर मार्फत सरकारलाइ बुझानुनुपर्ने नियम छ । त्यहाँका व्यवसायहरुले भने कर कम तिर्न ३० हजारदेखि ५० हजारसम्मको भाडादर राखेका छन् । ‘यसरी कर कम तिर्ने, र गरिव जनताले खाने औषधिमा ब्रह्मलुट गर्ने काम खुलेआम भइरहंदा पनि सम्बन्धित निकाय चुप लगेर बसेको छ’ स्रोत भन्छ ।              
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: