
- भुपेन्द्र आचार्य
काठमाडौं – राष्ट्रिय वाणिज्य वैंक र बंगलादेश वैंकसँग लिएको ऋणको सावाँ व्याज ३ अर्व पुगिसक्दा पनि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकाल कारवाहीमा परेका छैनन् । आखिर उनी किन कारवाहीमा परेनन् ? भन्ने प्रश्न एउटा ठुलो प्रश्न बनेर बसीरहेको छ ।
आमनागरिकको हजार, लाखको ऋण नतिर्दा सूचना निकालेर धितो लिलाम गरेर लगानी उठाउने यी दुबै बैंकले चण्डी ढकाललाई ज्वाईँ मानेसरह मान्नु र लगानी डुब्दा उठाउन तरखरनै नगर्नु आश्चर्यको विषय बनेको चर्चा छ वैंक र बिगहाउसहरुमा ।

केही व्यक्तिहरुले प्रमाणसहित अख्तियारमा ४०९३ दर्ता नम्बर लिएर चण्डी ढकाललाई किन उन्मुक्ती दिएको ? भन्ने अर्को प्रश्न पनि नेपाली बैंकिङ क्षेत्रमा ‘टक अफ दी टाउन’ बनेर बसीरहेको छ । किन रावा वैंक र बंगलादेश बैंकले कारवाही नचलाएको ? भन्ने प्रश्नपनि उठेको छ ।
‘अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग राम्रो सम्बन्ध छ भन्ने चण्डी ढकाललाई अख्तियारले अनुसन्धानको फाइल तैयार गर्ला कि अख्तियारले पनि उनलाई उन्मुक्ति देला ?’ भन्ने चर्चा सर्वत्र हुन थालेको छ । जनताको पैसामा रजाईं गर्ने, ऋण नतिर्नेहरुलाई कारवाही हुन्छ कि हुँदैन, हेर्न बाँकी नै छ । –राजतिलक साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्