×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चटकका नाममा यसरी लुटिन्छ सोझा जनताबाट पैसा ! यस्तो छ फुटपाथे चटकको भित्री कथा

GLOBAL IME BANK

चटकका नाममा यसरी लुटिन्छ सोझा जनताबाट पैसा ! यस्तो छ फुटपाथे चटकको भित्री कथा

७ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • इन्बेष्टिगेसन ब्युरो / अर्थ सरोकार डटकम 

काठमाडौँ – काठमाडौँका फुटपाथहरुमा चटक देखाएको कतिको देख्नु भएको छ ? अवश्य पनि छ होला । कतिपटक त हेर्नुपनि भएको होला । केराबाट अम्बा बनेको, मान्छेको मुटु झिकेको, सर्प निकालेको जस्ता अनेकौं चटक देखाएर अरुको आँखा छल्ने र पैसा असुल्ने काम तपाईंले पनि देख्नुभएको होला । तर जनताको मनोविज्ञानसँग खेलेर पैसा असुल्ने यस्तो धन्दा चलीरहंदा पनि यसबारे कोहि पनि बोलेको छैन ।
यसरी गरिन्छ चटक 
चटकका बेला पटक पटक चटकेले आफुले मन्त्र फुकेको बताउने गरेका छन् । तर यो मान्छेको आँखा छल्ने काम बाहेक केहि पनि होइन । चटकमा बाहिरबाट मान्छे छान्ने भन्ने हुन्छ तर चटकमा भाग लिने मान्छे र देखाउने मान्छेको समूह एउटै हुन्छ । सबै सामान ठीक पारेर हेर्नेहरुको आँखा छलेर चटक देखाउने गरिन्छ । अझ नराम्रो कुरा त के हो भने चटक देखाउँदा मनोबैज्ञानिक रुपमा अरुलाइ तर्साउने गरिन्छ । 
पैसा नदिए केहि हुने डरले पनि पैसा दिन्छन् दर्शक 
कसैले चटक हेरेर रमाइलो गरेको खण्डमा पैसा दिनु त स्वाभाविक नै हो । तर यसरी चटक हेर्दै जाँदा ठाउँ ठाउँ मा कहिले सर्प देखाएर त कहिले कालो कपडा देखाएर मनोबैज्ञानिक रुपमा हेर्ने दर्शकहरुलाई डर देखाएर समेत पैसा झार्ने गरिन्छ । पैसा नदिए केहि हुन्छ कि भन्ने डरले पनि दर्शकहरुले पैसा दिने गरेका छन् ।  
बालबालिका पनि निशानामा, खाजाको पैसा समेत चटकेलाई  :
यस्तो चटक हेर्न स्कुले बालबालिका ड्रेसमै समेत जाने गरेका छन् । जसका कारण उनीहरुमा मनोबैज्ञानिक असर पर्ने देखिन्छ । समयसमयमा सुनाइने अश्लील चुटकिला, शर्पको डरलगायतका कुराले उनीहरुमा मनोबैज्ञानिक असर पर्न सक्छ । बच्चाहरुले खासै भित्री कुरो नबुझ्ने हुनाले चटकेहरु पनि बच्चालाइ नै लक्षित गरेर उनीहरुको मनोभावना माथि खेल्ने गरेका छन् ।  चटक हेरेपछि कतिपय बालबालिकाले त केहि हुन्छ कि भन्नेडरले खाजा खर्चको पैसा पनि चटकेलाइ दिने गरेका छन् ।    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: