×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसमा दलितलाई नो इन्ट्री !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कांग्रेसमा दलितलाई नो इन्ट्री !

Artha Sarokar

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसबाट दलितको प्रतिनिधित्व गर्ने कुनै पनि मन्त्री बनेका छैनन् । शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसको तर्फबाट मन्त्री बन्नेमा दलित नपरेका हुन् ।

कांग्रेसबाट मन्त्री बन्नेमा जीवन परियार र मीनबहादुर विश्वकर्माको नाम चर्चामा रहेता पनि पार्टीमा चलेको गुटगत राजनीतिका कारण उनीहरु मन्त्री बन्न  नसकेको स्रोतको दाबी छ ।
कांग्रेसले पाएको १५ मन्त्रालयमध्येबाट दलित कोटामा एकजना पनि मन्त्री नपरेपछि सामाजिक संजालमा त्यसको चर्चा चलेको छ ।

यसअघि माओवादीबाट महिलालाई मन्त्री नबनाएको विषयमा पार्टीभित्रैबाट चर्को विरोध भएको थियो । अहिले सोही विवाद कांग्रेसमा देखिने खतरा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी