×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकैदिन दुई संयोग : त्रिशुली किनारमा शवको थुप्रो, शितल निवासमा मन्त्रीको खुसीयाली

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एकैदिन दुई संयोग : त्रिशुली किनारमा शवको थुप्रो, शितल निवासमा मन्त्रीको खुसीयाली

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडाैं – रौतहट गौर ५ की मधु श्रीवास्तव शुक्रबार विहानैदेखि मुर्छित बनिरहँदा काठमाडौंको राष्ट्रपति निवास शितल निवासमा छुट्टै तामझाम थियो । ठीक एकै दिन शितल निवासमा नेपाली कांग्रेसबाट छनौट भएका नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुँदै गर्दा यता मधुको परिवारमा भने ठूलो बज्रपात आइलागेको थियो । 
शिक्षक सेवा आयोगको परिक्षा फारम बुझाउनको लागि पोखरा हिँडेकी छोरी सन्ध्या श्रीवास्तवको चितवन स्थित चण्डि भञ्जयाङ ५ कालीखोलामा दुर्घटनामा परि उनको मृत्यु भएको थियो । विहबार भएको ठूलो दुर्घटनामा २१ जना यात्रुको मृत्यु भएको छ । ठूलो दूर्घटना भएकै दिन सितल निवासमा नयाँ मन्त्रीहरुले सपथ लिए । यो दुर्घटनाले मन्त्रीहरुको सपथलाई समेत ओझेलमा पारिदिएको छ । तर, सरकारले शोक प्रस्तावबारे विचार गरिसकेको देखिएको छैन ।

नियतिहरुको संयोग पनि कस्तो एकै देशमा कतै जन प्रतिनिधिहरु खुसीयाली सहित मन्त्रीको सपथ खाँदैछन् । कतै दुर्घटनाको खबरले जनता मर्माहत छन् । सायद त्यसैले होला शुक्रबार सामाजिक सञ्जालमा मन्त्रीहरुलाई बधाई दिने भन्दा दुर्घटनामा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिनेहरु अत्याधिक छन् ।
शुक्रबार शितल निवासमा विहान राज्यको चौथो अंगलाई समेत प्रवेश निषेध लगाएर मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम गरिएको छ । मन्त्रीको सपथमा पुगेका मन्त्रीका ‘आसेपासेहरु’को छुट्टै ‘रबाफ’ थियो । केही आफन्त नवनियुक्त मन्त्रीहरुसँग सेल्फी खिच्दै थिए ।
प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई दिएका थिए । नव नियुक्त मन्त्रीहरुमा सहरी विकास मन्त्रालयको जिम्मा अर्जुननरसिंह केसीले पाएका छन् । त्यस्तै शान्ति तथा पुनः निर्माण मन्त्रालयको जिम्मा कोषाध्यक्ष सीतादेवी यादव, रक्षा मन्त्रालयको जिम्मा बालकृष्ण खाँड, परराष्ट्र मन्त्रालयको जिम्मा डा. प्रकाशशरण महत, श्रम तथा रोजगार मन्त्रालयको जिम्मा सूर्यमान गुरुङ, पर्यटन मन्त्रालयको जिम्मा जीवनबहादुर शाही, बाणिज्य मन्त्रालय रोमी गौचन थकाली, सहकारी तथा गरिवी निवारण मन्त्रालय हृदयराम थानी, सिंचाई मन्त्रालय दिपक गिरी, स्वास्थ्य मन्त्रालय गगनकुमार थापा, उद्योग मन्त्रालय नविन्द्रराज जोशी, वन मन्त्रालय शंकर भण्डारी, सामान्य प्रशासन मन्त्रालय केशव कुमार बुढाथोकीले सम्हाल्ने भएका छन् ।
यता एकै दिन दुखद पहिचान पनि हुँदैछ । त्रिशुलीमा दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको नामावली पनि सार्वजनिक हुँदैछ । उता मन्त्रीको सपथ लिनेहरुले जिम्मेवारी सम्हाल्दैछन् । सपथ ग्रहण कार्यक्रममा पत्रकारलाइ समेत बन्देज लगाईएको थियो ।
सपथ ग्रहण कार्यक्रममा मन्त्रीको अफन्तहरुको भिड रहेको भन्दै पत्रकारलाई प्रवेशमा रोक लगाईएको थियो । ९ बज्नै लाग्दा सितल निवास पुगेका पत्रकारलाई सुरक्षा कर्मीले गेट भित्र प्रवेश गर्न रोक लगाएको थियो । ‘धेरै मन्त्रीज्यूहरुको सपथग्रहण छ, उहाँहरुका आफन्तजन धेरै हुनुहुने भएकाले हलमा पत्रकारलाई ठाउँ छैन,’ राष्ट्रपति कार्यालयका सूचना अधिकारी एवं सहप्रवक्ता ध्रुवराज आचार्यले एक अनलाईनसँग भनेका थिए, ‘भित्र बस्ने ठाउँ नपाएर पत्रकारलाई अपमान नहोस् भनेर म नै आफैं गेटमा जानकारी गराउन आएको हुँ ।’
  • दियो पोस्ट 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: