Skip to content
LAXMI SUNRISE BANK

रामचन्द्रका अगाडि निरिह बने देउवा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – बुधबार मन्त्रीको भागबण्डा नमिलेपछि आफ्नो समूह सरकारमा सहभागी नहुने बताएका वरिष्ठ नेता रामचन्द्र पौडेल अन्ततः सरकारमा जान राजी भएका छन् ।

सभापति शेरबहादुर देउवाका निकट उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिसँग भएको छलफलमा पौडेलको माग अनुसार पाँच मन्त्रालय दिने सहमति भएपछि पौडेल पक्ष सरकारमा जाने भएको स्रोतले बतायो ।

बुधबार नै कांग्रेसबाट सहभागी हुने मन्त्रीको टुंगो लगाउने भनिएता पनि पौडेलले आफू पक्षलाई पाँच वा छ मन्त्रालय दिनुपर्ने अडान राखेपछि कांग्रेसले मन्त्री छान्न सकेको थिए ।

तर, बिहीबार देउवा पौडेल पक्षलाई पाँच मन्त्रालय दिन सहमत भएपछि आजै वा शुक्रबारसम्म कांग्रेसले आफ्ना मन्त्रीलाई सरकारमा पठाउने भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK