
काठमाडौँ – विगतमा गिरिजाप्रसाद कोइराला र पछि सुशील कोइरालालाई हावाकारी पारेर टक्कर दिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई राजनीतिक रुपमा ठेगान लगाउन कांग्रेसभित्र नयाँ र शक्तिशाली मोर्चा बन्ने भएको छ ।
यसका लागि डा. रामशरण महत कस्सिएर लागेको बुझिन्छ । डा. महतका भाई प्रकाशशरण महत देउवा गुटमा छन् र शक्तिशाली मन्त्री पद पड्काउन पनि सफल भएका छन् । तर, दाजु महत चाहिँ सभापति देउवालाई ठेगान लगाउन भित्रभित्रै भिडेर लागेका छन् ।
पार्टीलाई एकलौटी पार्न खोजेको र तानशाही लादेको भन्दै महतको अघोषित संयोजकत्वमा देउवा विरोधी कांग्रेसीहरु एक ठाउँ आउन मोर्चाबन्दी हुन लागेका हुन् ।
- साँघु साप्ताहिक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्