
काठमाडौँ – सरकार गठन भएको २३ दिन पछि भएको मन्त्रिपरिषद् विस्तारमा सभापति शेरबहादुर देउवाले दुइवटा मन्त्रालय लुकाएर रामचन्द्र पौडेललाई चक्मा दिए। पौडेलले मन्त्रीहरुको शपथ कार्यक्रममा सहभागी भएपछि मात्र आफूलाई देउवाले चक्मा दिएको पत्तो पाएका थिए।
तीनबाट बढेर चारवटामा पुगेपछि संस्थापन समूहले त्योभन्दा बढी पौडेल समूहलाई मन्त्री दिन नसकिने अड्डी लियो भने पौडेलले समूहको भेला नै बसेर ४० प्रतिशत भाग नपाए आफ्नो समूह सरकारमै नजाने निर्णय गर्यो। १३ को ४० प्रतिशत अर्थ हुन्थ्यो पाँचजना मन्त्री। तर, देउवाले उपप्रधानमन्त्री निधिलाई पठाएर दुइवटा मन्त्रालय बढाएको पौडेलले पत्तो नै पाएनन्।
निधिले प्रधानमन्त्री दाहाललाई भेटेर १५ मन्त्रालय नदिए पार्टी सरकारमै नरहने संकट उत्पन्न भएको भन्दै दाहालसंग लम्पसार परेपछि दुईवटा मन्त्रालय थपिएको थियो। दुईवटा मन्त्रालय पाएपछि निधिले पौडेललाई भेटेर पाँचजना मन्त्री दिने वचन दिए र नाम पठाउन आग्रह गरे।
- बुधबार साप्ताहिक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्