
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्ने बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिहीबार धापासी फ्रेन्डसिप क्लबले धापासी कृष्णमन्दिरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले संविधानमा व्याख्या भएको धर्मनिरपेक्षता शब्दले ‘सर्व धर्म सव भाव’लाई व्याख्या गरेको बताए । उनले भने, ‘सबै जनताले कसैको करकापमा नपरी आफूलाई मन परेको धर्म र संस्कृति मान्न पाउँछन् ।’
नेता कोइरालाले आयोगले अगाडि सारेको ५६५ स्थानीय तहको संरचना अव्यावहारिक रहेको भन्दै कार्यान्वयनमा आउन नसक्ने दाबी गरे । उनले इलाका संरचनालाई स्थानीय संरचना बनाएर जाँदा व्यावहारिक हुने सुझाव दिए ।
सांसद भीमसेनदास प्रदानले नेपालको प्रजातन्त्रलाई संस्थागत विकास गर्न सबै राजनीति दल एकजुट हुनुपर्ने बताए । उनले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानु आवश्यक रहेको औँल्याए ।
राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष कुलचन्द्र वाग्लेले पौराणिक कथाका केही पात्रले आलोचनात्मक काम गरे पनि समाजको विकृति विसङ्गतिको विरुद्ध काम गरेको बताए । उनले पौराणिक कथाका पात्रबाट अहिलेका पात्रले पाठ सिक्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष अनिश श्रेष्ठ, टोखा नगरपालिकाका समाजसेवी केदार पाठक, नेका टोखा नपा अध्यक्ष वसन्त श्रेष्ठ, नेका जिल्ला सदस्य रामचन्द्र घिमिरे, नेका महासमिति सदस्य सागर खनाल, राजेश अधिकारी, नेकपा एमालेका नेता नारायणभाइ श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता विष्णु श्रेष्ठलगायतले सबै धर्म, संस्कृति समान रहेकाले कोही कसैले पनि आफूले मान्ने धर्मभन्दा अर्को धर्मलाई हेयको दृष्टिले हेर्न नहुने धारणा राखे ।
सो अवसरमा क्लबले निःशुल्क स्वास्थ्य शिविर प्रदान गरेको थियो ।
- काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्