
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्थानीय वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुङ्गामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ ।
अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाउँदै आफन्तले शव बुझेका छैनन् । सोमबार राति १ बजे निमोनियाबाट पीडित तीनवर्षीय विकृष्ण महर्जनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको बालकको बिहान ५.४५ बजे मृत्यु भएको हो ।
अस्पतालसँग दुई पटकसम्म छलफलमा बस्दा पनि आफन्तले शव नबुझेको जङ्गमले बताए । उनले भने, ‘बच्चालाई राति शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्षमा शैय्या खाली नभएकाले हाम्रो अस्पतालमा रेफर गरिएको थियो । मृतक शिशुको निमोनिया बिग्रिसकेको रहेछ । छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्