×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गगन थापा माथि आइलाग्यो आपतः हिजोको तिरस्कार, आजको नमस्कार !

PRIME CA
GLOBAL IME BANK

गगन थापा माथि आइलाग्यो आपतः हिजोको तिरस्कार, आजको नमस्कार !

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – गगन थापा त्यस्तो ब्यक्तिको मन्त्रीमण्डलमा मन्त्री बनेका छन् जसलाई उनले चुनावमा हराउने उद्घोष गरेर सार्वजनिकरुपमा होंच्चाएका थिए ।

गत संविधानसभामा तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव हार्ने दावी गर्दै गगनले आफूले प्रचण्डलाई जहाँबाट उठेपनि हराउन सक्ने भन्दै पार्टीसँग प्रचण्डसँग भिड्ने गरी टिकट दिन आग्रह गरेका थिए । प्रचण्ड ‘प्रचण्ड’ देशले शान्ति नपाउने भन्दै गगनले उनलाई पुष्पकमल दाहाल बन्नु पर्ने पटक पटक बताएका थिए ।
यस अर्थमा उनले विगतमा होंच्चाएका प्रचण्डलाई अव सबैभन्दा पहिलो  अविभावक मानेर सम्मान गर्नु पर्नेछ ।प्रधानमन्त्री प्रणालीमा सबै मन्त्रीहरुले प्रधानमन्त्रीप्रति उत्तरदायी हुँदै उनकै निर्देशनमा काम गर्ने परिपाटी छ । यसकारण चुनाव हराउँछु भनेर होच्चाएका गगनलाई विगतको टिप्पणी भुलेर प्रचण्डसँग एक प्रकारले झुक्नै पर्ने बाध्यता आइलागेको छ ।
नन्दकिशोर पुनः जस्लाई निर्वाचनमा हराए
नेपालको मर्यादाक्रममा दोश्रो स्थानमा रहेका ब्यक्ति बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन गगनसँग चुनावमा पराजित भएका नेता हुन् ।
माओवादी लडाकु कमाण्डरकोरुपमा चर्चामा रहेका नन्दबहादुर पुन र युवाबीच लोकप्रिय नेता गगनबीच चुनावी प्रतिस्पर्धा नगराउन दवाव भएपनि दुवै पार्टी पछि नहटेपछि उनीहरुबीच भिडन्त भएको थियो ।
अव आएर गगनले आफूले चुनाव हराएका र चुनावी प्रचारमा होंच्चाएका प्रतिस्पर्धी उम्मेदवारलाई उपराष्ट्रपतिकोरुपमा सम्मान गर्ने अवस्था आएको छ ।
मर्यादाक्रमका कारण पनि मन्त्रीको हैसियतमा उपराष्ट्रपतिसँग गगनको पटक पटक भेट हुने निश्चित छ । यस अघि होंच्चाएका भएपनि अव भने गगनले नन्दबहादुर पुनलाई सम्मान गर्नै पर्ने बाध्यता आइलागेको छ ।
  • एस काठमाडौँ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: