×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरु भयो गगन थापाको राजनीतिक लेखापरिक्षण र अग्निपरिक्षा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुरु भयो गगन थापाको राजनीतिक लेखापरिक्षण र अग्निपरिक्षा

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


काठमाडौं – संविधान जारि भएपछि मन्त्री बन्ने नेपाली कांग्रेसका युवा नेता गगन थापाको एउटा प्रतिज्ञा पुरा भएको छ । २० बर्ष मात्र सक्रिय राजनीति गर्ने घोषणा गरेका थापा पहिलो पटक जनसंख्या तथा स्वास्थ्यमन्त्रीमा सपथ लिएका छन् । सपथसँगै थापाको अग्निपरिक्षा सुरु भएको छ ।
थापा सामाजिक सुरक्षा र विसंगतिकाबिरुद्ध खरो रुपमा उत्रिने युवा नेता हुन् । उनी स्वास्थ्यमन्त्री भएपछि कर्णालीमा औषधी र स्वास्थ्यकर्मी पुग्लान ? बर्षेनी महामारीबाट थलिने जाजरकोटबासीले स्वास्थ्य सेवा पाउने संबैधानिक अधिकार प्रयोग गर्न सक्लान ? शहर केन्द्रीत स्वास्थ्यकर्मी गाउँ देख्न पाइएला ? यस्तै दर्जनौ जनसरोकारका प्रश्नबाट थापा घेरिने छन् । स्वास्थ्य क्षेत्रका दर्जनौ समस्यामा खरो उत्रिन सके थापामाथीको नागरिक भरोसा पुरा हुनेछ । र थापाको राजनीतिक नैया पार लाग्नेछ ।
नेपाली राजनीतिमा तीन मुहार आशलाग्दा छन् । एमाले सचिव गोकर्ण बिष्ट, माओवादी केन्द्रबाट उपराष्ट्रपति पुगेका नन्दकिशोर पुन र कांग्रेसका गगन थापा । झलनाथ खनाल प्रधानमन्त्री हुँदा बिष्टले उर्जामन्त्री थिए । त्यहीबाट उनको उचाई र लोकप्रियता नेपाली राजनीतिमा अन्य नेता भन्दा माथी पुगेको छ । उर्जामन्त्री हुँदा होस या विनाशकारी भू्कम्पपछि पुर्न निर्माणमा अगुवाई गर्दा बिष्ट खरो रुपमा उत्रिए । उनी नेपाल समाजको राजनीतिक लेखा परिक्षणमा सफल ठहरिए ।
त्यही हाराहारीमा कांग्रेस नेता गगन थापालाई पनि हेर्ने गरिन्छ । विगतमा उनी लोकप्रिय भएपनि अग्नीपरिक्षामा सहभागि भएका थिएनन् । रिष्क मोल्न सक्ने थापा वाक कलाका प्रखर छन् तर स्वास्थ्य क्षेत्रका समस्यामा उनी प्रखर बन्न सक्छन् या सक्दैनन् त्यसपछि मात्र उनको राजनीतिक लेखा परिक्षण हुनेछ ।
थापासँग अर्काे ठुलो चुनौति छ, डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन । केसी अनसनमा बस्दा र उनले उठाउँदै आएका मागहरुमा प्रतिबद्धता जनाउन थापा बारम्वार अनशन स्थल पुग्दथे । तर समयले उनलाई केसीका माग पुरा गर्न थलोमा परयाइ दिएको छ । केसीका कतिपय जायज माग छन् भने कतिपय प्रतिसोधपूर्ण । ति सवैमागमा थापाले विगतमा प्रतिबद्धता पनि जनाइसेका छन् । केसीका माग थापाले कसरी सम्वोधन गर्दछन् त्यसले पनि उनको राजनीतिक भविश्य निर्धारण गर्नेछ ।
केसीका स्वास्थ्यसँग सम्बन्धित माग मात्र हैन, राजनीतिक मागमा पनि थापाको समर्थन छ । केसी पछिल्लो पटक अनशन बस्दा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राखेका थिए । केसीकै मागलाई लिएर उनले ब्यवस्थापिका संसदमा सार्वजनिक अतिमहत्वको प्रस्ताव पनि दर्ता गराएका थिए । तर ब्यवस्थापिका संसदमा सभामुखले हालसम्म पनि छलफल गराएकी छैनन् । यो पनि थापाको अर्काे चुनौति हुनेछ ।
थापा हेल्थका बिद्यार्थी नभएपनि स्वास्थ्य क्षेत्रमा गहिरो अध्ययन गरेका नेता हुन् । उनले स्वास्थ्य क्षेत्रको विसंगतिलाई लिएर धेरै फोरम तताई पनि सकेका छन् । ति विसंगति हटाउन र केसीका माग पुरा गर्न सके मात्र उनको राजनितिले समाजलाई आशा दिनेछ ।
माओवादी जनयुद्धमा सेनाका कमाण्डर बनेका नन्दकिशोर पुन अहिले उपराष्टपति छन् । उनले अंगिकार गरेको पदबाट कुनै राजनीतिक लेखा परिक्षण गर्न सकिदैन । संबैधानिक दायराका कारण उनी लडाकु कमाण्डर बहादुर भवनमा सिमिति भएका छन् ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: