Skip to content
LAXMI SUNRISE BANK

मलाई गर्भवती देखेर प्रचण्डले मन्त्री बनाउनु भएन

अर्थ सरोकार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको जम्वो मन्त्री परिषदमा एउटा मात्र क्याविनेट महिला मन्त्री छन् । माओवादी केन्द्रबाट एउटा पनि क्याविनेट महिलामन्त्री नभएपछि अध्यक्ष तथा प्रधानमन्त्री दाहालको निकै आलोचना समेत भयो । महिलामन्त्रीमा सुनसरीकी समानुपातिक सांसद अनिता परियारलाई मन्त्री बनाउने आश्वास दाहालले दिइसकेका थिए । अन्तिममा आएर परियारलाई प्रचण्डले मन्त्री नबनाउनुको रहस्य उनले खोजेकी छिन् ।

‘अध्यक्ष कमरेडले तपाईलाई मन्त्री बनाउने हो, तपाई तयारी थाल्नुस् भन्नु भएको थियो, त्यसपछि मैले सपथमा लगाउने कपडा पनि सिलाएँ’, अनिताले भनिन् ‘पछि मलाई गर्भवती भएको देखेर मन्त्री बनाउन सकिएन भन्नुभयो ।’ अनिताले आफु दलित त्यसमा पनि महिला भएका कारण मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री दाहालले दिएको र पछि गर्भवती देखेर मन्त्री नबनाएको भन्दै आक्रोस पोखेकी छिन् ।

‘पुरुष चाहिँ दुई खुट्टा मात्र उभिएको भए पनि हुने, महिलाले चाहिँ अग्नि परिक्षा नै दिनुपर्ने ?’ अनिताले भनिन् ‘मैले प्रधानमन्त्रीज्यूलाई यही जवाफ दिएकी छु ।’ क्याविनेट मन्त्रीको आश्वासन पाएकी परियारले कपडा समेत सिलाई सकेकी थिइन । तर प्रचण्डले मन्त्री नबनाएपछि सिलाएका कपडा पनि घरमा ल्याएकी छैनन् ।

गर्भवती भएको कारण देखाई मन्त्री बन्नबाट बंजित गर्ने दाहाललाई परियारले प्रश्न गरिन ‘गर्भवती हुनु नै ठूलो समस्या हो भने त्यही गर्भवतीहरुले लडको युद्धको जगमा तपाई नेता र प्रधानमन्त्री कसरी बन्नु भयो ? उनले भनिन् ‘गर्भवती हुनु समस्या होइन, त्यही कारण देखाउनु दुखको विषय हो ।’

विगतमा समेत दलितको तर्फबाट कसैलाई मन्त्री नबनाइएको भन्दै अनिताहरु आन्दोलित भएका थिए । संविधानसभा सदस्य अनिता परियारको बिहे ०६५ मा भएको थियो । त्यतिखेर उनी जनमोर्चाको विद्यार्थी राजनीतिमा थिइन् । पार्टी एकीकरणपछि एमाओवादीमा सक्रिय परियार अहिले संविधानसभा सदस्य छिन् । दलितका हक अधिकार स्थापित गराउन उनी संविधानसभाभित्र र बाहिर जोडदार आवाज उठाउने सभासद पर्छिन् ।

 दलित महिलासमेत भएका नाताले उनी जातीय छुवाछुतको जन्जिर तोड्न सक्रिय छिन् । तर, उनै सभासद् परियारलाई आफ्नै घरमा प्रवेश निषेध छ । उनले निर्मल वरालसँग प्रेम विवाह गरेकी हुन । दलित बिहे गरेको भन्दै उनलाई घरका सदस्यले बोलचाल नै बन्द गरे । कुल मास्यो भनेर उनका पतिलाई परिवारले आरोप लगाउने गरेका छन् ।

  • एस काठमाडौँ 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK