×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोदावरी पार्कभित्रका महिला कर्माचारीको गुनासो : ‘के जातिलाई भन्दा देख्नेलाई लाज ! कहिलेकाहीं त केटाकेटीको हर्कत देखेर दिक्क लाग्छ’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – गोदावरी पार्क जति रमाइलो छ घुम्नेहरुका लागि, त्यति नै गाह्रो छ त्यहाँ काम गर्नेहरुका लागि । अझ कतिपय महिला कर्मचारी त पार्कभित्र हुने हर्कतलाइ देखेर दिक्कनै हुने गरेका छन् । दिनहुँजसो बसेर झार उखल्ने देखि सफा गर्ने कर्मचारी घुम्न आउने कतिपय जोडीहरुको अश्लील हर्कतहरुबाट दिक्क नै हुने गरेका छन् । 
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा त्यहाकी एक कर्मचारीले कतिपय अवस्थामा पार्कभित्र अनैतिकताको हद नागेर जोडीहरुको प्रेमलीला देखिने गरेको अर्थ सरोकार डटकमलाई सुनाइन । ‘कहिलेकाहीं त के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै हुन्छ।  आजकालका केटाकेटी कतिसम्म असभ्य हुन सकेका !’ उनको गुनासो थियो।
‘जे नदेखे हुन्थ्यो  भन्यो त्यो बेला बेला देखिने गरेको छ । झाडी वा नदेखिने ठाउँमा सफा गर्न वा झार उखल्न जानै मन लाग्दैन ।’ अर्की एक कर्मचारीले सुनाइन् ।’
तर पनि उनीहरुसंग विकल्प छैन । पार्कभित्र काम गरेर नै उनीहरुले गुजारा चलाईरहेका छन् । दुखका बाबजुतपनि दिनभर पार्कको सफाई गर्ने तिनै महिला दिदीबहिनीहरुलाई हामीले क्यामरामा कैद गरेका छौं । हेर्नुहोस् केहि तश्वीरहरु :    
 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: