Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अर्थ सरोकार


काठमाडौँ – साताको चौथो दिन बुधबार सुन सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ। मंगलबारको कारोबारमा प्रति तोला ५८ हजार ७  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३  सयले घटेर  प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।  नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ७०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८  सय ५५  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३३ रुपैयाँ रहेको छ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK