×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीजको मुखमा घट्यो सुनचाँदीको मूल्य

PRIME CA
GLOBAL IME BANK

तीजको मुखमा घट्यो सुनचाँदीको मूल्य

९ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला   ५९ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले घटेर प्रति तोला ५८ हजार ७ सयमा कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५८   हजार  ४ सय ५०  मा कारोबार भईरहेको छ । 

चाँदी प्रति तोला ८  सय ५० रुपियाँमा कारोबार भई रहेको छ ।  बुधबारको तुलनामा यो १० रुपियाँले घटी हो  । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ३  सय २५   तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार १  सय १०  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९  रुपियाँ  रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: