
तीन दिनअघि गत शुक्रवार सिर्दिबास ९ न्याकका लक्षेन्द्र गुरुङ र फूलमाया गुरुङलाई एक लाख ३० हजार खर्च गरेर हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो। उनीहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसभन्दा केही दिनअघि सोही गाउँका दुई महिलालाई हेलिकोप्टर चार्टर्ड गरी त्रिवि शिक्षण अस्पताल पुर्याइयो ।
१५ दिन काठमाडौंमा उपचार गर्दा २० हजार रुपैयाँ खर्च भएको बिरामीको हेरचाह गर्दै आएकी कुमारी गुरुङले बताइन् । त्यसभन्दा केही दिनअघि ल्हो गाविसका दुईजना घाइतेलाई पनि एक लाख ७० हजार रुपैयाँ भाडा तिरेर हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो। केही दिनको उपचारपछि उनीहरु घर फर्किसकेका छन् ।
सुत्केरी हुँदा हातले सालनाल झिकेका कारण इन्फेक्सन भएर सिकिस्त भएकी बिही २ की पासाङ साङ्मोलाई उपचार गर्ने हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं लगियो ।
एक लाख ४० हजार रुपैयाँ हेलिकोप्टर खर्च गरी प्रसूतिगृह पुर्याइएकी पासाङ निशुल्क उपचार गरेर घर फर्किइन् । न्याकमा अहिले पाँचजना बिरामी छन् । हेलिकोप्टर खर्च नपाएर उनीहरु मर्ने बाँच्ने दोसाँधमा थला परिरहेको स्थानीय देशमाया गुरुङले बताइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
हेर्नुहोस हेलिकोप्टर दुर्घटनाका ५ एक्सक्लुसिभ तश्वीरहरु :



