Skip to content
LAXMI SUNRISE BANK

लोकमानको दवावमा डोनर एजेन्सीले रकम दिन छोडेपछि दिक्षितको ‘हिमाल साउथ एसिया’ बन्द

अर्थ सरोकार


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको ठाडो दवावमा डोनर एजेन्सीले रकम दिन छोडेपछि पत्रकार कनकमणि दिक्षितले सञ्चालन गर्दै आएको दक्षिण एसियाकै चर्चित म्यागेजिन ‘हिमाल साउथ एसिया’ बन्द हुने भएको छ । डोनर एजेन्सीको सहयोगमा ३० बर्षदेखि ‘हिमाल साउथ एसिया’ म्यागेजिन नेपालबाट प्रकासित हुँदै आएको थियो ।
पत्रकार कनकमणि दक्षित अध्यक्ष रहेको साउथ एसिया ट्रष्टबाट ‘हिमाल साउथ एसिया’ अंग्रजी म्यागेजिन सन् १९८७ देखि सञ्चालन हुँदै आएको थियो । दिक्षित ‘हिमाल साउथ एसिया’ म्यागेजिनको संस्थापक सम्पादक हुन् । दक्षितद्धारा सञ्चालित म्यागेजिनलाई रकम नदिन अख्तियार प्रमुख कार्की र सरकारले डोनर एजेन्सीहरुलाई निरन्तर दवाव  दिएको ट्रष्टले जनाएको छ । ‘सात महिनासम्म डोनर एजेन्सीले सम्झौता अनुसारको रकम दिन नसकेपछि बन्द गर्न बाध्य भएका छौ’ ट्रष्टका सदस्य सचिव एस मिश्रले बिज्ञप्तीमा भनेका छन् ।

पछिल्लो समय २०१४ को अप्रिलमा नर्वेजियन एम्बेसी र ‘हिमाल साउथ एसिया’ बीच म्यागेजिन सञ्चालनका लागि ६ करोड रकम दिने सम्झौता भएको थियो । सम्झौता भएलगतै नेपाली कांग्रेस र माओवादी सांसदहरुले ब्यवस्थापिका संसदमा पारदर्शीताको कुरा उठाउँदै हंगामा गरेका थिए । ‘म्यागेजिन सञ्चालनका लागि किन यति ठुलो रकम दिइयो ?’ यस्तो प्रश्न कांग्रेस सांसदहरुले उठाएका थिए भने डोनरबाट रकम लिएर दक्षितले शान्ति विरोधी काम गरेको आरोप माओवादी सांसदहरुले लगाएका थिए ।

ब्यवस्थापिका संसदमा हंगामा भएपछि दक्षितले सम्पादकबाट राजीनामा दिए । दक्षितपछि अनुहिता मजुम्दार सम्पादक बने । डोनर एजेन्सीहरुबाट रकम लिएर अकुत तथा गैरकानुनीरुपमा सम्पति आर्जन गरेको भन्दै त्यसको डेढ बर्षपछि अख्तियारले दक्षितमाथी छानविन थाल्यो । त्यसपछि डोनर एजेन्सीहरुले ‘हिमाल साउथ एसियान’ लाई सम्झौताको रकम पनि उपलब्ध गराउन सकेनन् । अन्य एजेन्सीहरु पनि पछि हटेका छन् ।

‘हिमाल साउथ एसियान’ मंसिरमा बन्द गर्ने ट्रष्टले जनाई सकेको छ । नेपालबाट प्रकासित हुने दक्षित एसियाकै लोकप्रिय पत्रिका बन्द हुने भएको छ ।

  • एस काठमाडौँ 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK