
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको ठाडो दवावमा डोनर एजेन्सीले रकम दिन छोडेपछि पत्रकार कनकमणि दिक्षितले सञ्चालन गर्दै आएको दक्षिण एसियाकै चर्चित म्यागेजिन ‘हिमाल साउथ एसिया’ बन्द हुने भएको छ । डोनर एजेन्सीको सहयोगमा ३० बर्षदेखि ‘हिमाल साउथ एसिया’ म्यागेजिन नेपालबाट प्रकासित हुँदै आएको थियो ।

पछिल्लो समय २०१४ को अप्रिलमा नर्वेजियन एम्बेसी र ‘हिमाल साउथ एसिया’ बीच म्यागेजिन सञ्चालनका लागि ६ करोड रकम दिने सम्झौता भएको थियो । सम्झौता भएलगतै नेपाली कांग्रेस र माओवादी सांसदहरुले ब्यवस्थापिका संसदमा पारदर्शीताको कुरा उठाउँदै हंगामा गरेका थिए । ‘म्यागेजिन सञ्चालनका लागि किन यति ठुलो रकम दिइयो ?’ यस्तो प्रश्न कांग्रेस सांसदहरुले उठाएका थिए भने डोनरबाट रकम लिएर दक्षितले शान्ति विरोधी काम गरेको आरोप माओवादी सांसदहरुले लगाएका थिए ।

‘हिमाल साउथ एसियान’ मंसिरमा बन्द गर्ने ट्रष्टले जनाई सकेको छ । नेपालबाट प्रकासित हुने दक्षित एसियाकै लोकप्रिय पत्रिका बन्द हुने भएको छ ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्