Skip to content
LAXMI SUNRISE BANK

नेपाली सेनाले जलविद्युत आयोजना बनाउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ऊर्जामन्त्री जनार्दन शर्माले नेपाली सेनालाई रोजेरै एउटा जलविद्युत आयोजना निर्माण गर्न आग्रह गरेको बताएका छन् । बुधबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले आफूले नेपाली सेनाका सेनापतिलाई फोन गरेर एउटा जलविद्युत आयोजना रोजेर बनाउन आग्रह गरेको बताए ।

उनले विद्युत आयोजनाको निर्माण नेपाली लगानीमा हुनुपर्ने बताउँदै योजना ल्याएर आउनेलाई आफूले जलविद्युत निर्माणको अनुमति दिने र वातावरण बनाउने तर काम चुस्त, दुरुस्त रुपमा संचालन गर्नुपर्ने शर्त रहने बताए । उनले ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने योजना रहेको समेत बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK