
काठमाडौँ – पूर्व उर्जा मन्त्री गोकर्ण विष्टकै पदचाप पच्छ्याउन खोज्दा पहिलो पाइलामै चिप्लिएका जर्नादन शर्मा आफ्ना काममा कतिको सफल र असफल छन भन्ने बुझ्न टाढा जानै पर्दैन । उनको आफ्नै लागनी रहेको बालाजु स्थित जनमैत्री अस्पताललाई हेरे काफी हुन्छ ।
राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पतालमा शर्माले जनमुक्ति सेनाको तत्कालीन डेपुटी कमाण्डर हुँदा क्यान्टोनमेन्टबाट करोडौं हिनामिना गरेर लगानी गरेको भन्दै पूर्व जनमुक्ति सेनाका लडाकुहरुले विगतदेखि आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।
यसपटक पनि पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले अस्पतालको गेटमा ब्यानर झुन्डाएपछि अस्पताल पूर्णतः बन्द भएको बताइएको छ ।
‘गाँस काटेको पैसामा कसैको रजाइँ नहोस्, हाम्रो आँसु, पसिना र रगतमा पहुँचवालाहरुको रजाइँ नहोस्’ भनेर व्यानरको अगाडि लेखिएको छ ।
अनि ठूलो अक्षरमा लेखिएको छ– ‘हामी सदन र सरकारमा छैनौं । अलिशान दरबारमा पनि छैनौं । हामी सडकमा छौं ।’ व्यानरको अन्त्यमा लेखिएको छ– ‘खबरदार ! पूर्व पिएलएको पसिनामा रातारात खरिद बिक्री नहोस् ।’
माओवादी केन्द्रका नेता एवं वर्तमान सरकारका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको स्वामित्व रहेको भनिएको जनमैत्री अस्पतालमा पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले तालाबन्दी गरेको छ ।
- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्