×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिपाल काण्डका सचिव उर्जामन्त्री जनार्दनको रोजाईमा, लोकदर्शन निधिको दैलामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

त्रिपाल काण्डका सचिव उर्जामन्त्री जनार्दनको रोजाईमा, लोकदर्शन निधिको दैलामा

१४ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – मन्त्रीहरु परिवर्तन भएसँगै आफू अनुकुलका सचिवहरु फेरिनु नेपालको प्रशासनमा नौलो होइन । नौलो चाहिँ त्यतिबेला हुन्छ मन्त्रीले सक्षम होइन कमाउ सचिव खोज्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा सहभागि मन्त्रीहरुले पनि कमाउ सचिव खोज्न थालेका छन् । कांग्रेसका मन्त्रीहरु कम्यूनिष्ट सचिव, माओवादी मन्त्रीहरु कांग्रेस निकटका सचिव ल्याउन कम्मर खसेका छन् ।

वर्तमान सरकारका प्रभावशाली मन्त्री हुन् जनार्दन शर्मा । तर उनले समालेको उर्जामन्त्रालयमा त्रिपाल काण्ड लागेका सचिव ल्याउने तयारी गरेका छन् । सहरी विकास मन्त्रालयको सचिव हुँदा भूकम्प पीडतको त्रिपाल खरिद प्रकरणमा मुछिएका अर्जुन कार्कीलाई सचिव बनाउन मन्त्री शर्मा लागि परेका छन् । अख्तियारसँग पनि राम्रो सम्बन्ध भएका कार्कीलाई सचिव बनाउन उनी निकटका अन्य ब्यक्तिहरु  समेत सक्रिय देखिएको स्रोतले बताएको छ ।

कार्की विद्युत प्राधिकरणमा हुँदा करोडौ अनियमितता गरेको आरोप लागेको थियो । त्यहीबाट उनलाई सुशील कोइराला नेतृत्वको सरकारले शहरी विकास मन्त्रालयको सचिव बनाएको थियो । त्यही उनी त्रिपाल काण्डमा तानिएका थिए । तर अख्तियारले खरिद प्रकरणमा भएको भ्रष्टाचारमा कार्कीलाई मुद्दा चलाएन । स्टोर किपर र शाखा अधिकृत निशानामा परे । त्यसपछि बनेको केपी शर्मा ओली नेतृत्वका सरकारमा तत्कालिन भौतिक योजनामन्त्री बिजयकुमार गच्छदारले आफ्नो मन्त्रालयमा तानेका थिए ।
विद्युत प्राधिकरणमा अनिमिताको आरोप लागेका कार्कीलाई उर्जामन्त्री शर्माले सचिव बनाउने तयारी गरेका छन् । उर्जामन्त्रीको रोजाईमा कार्की कसरी परे ? स्रोत भन्छ ‘उनको सेटिङ मिलाउने तरिकाबाट मन्त्रीज्यू प्रभावित हुनु भएको होला । ’ उता उर्जा आयोगमा रहेका सोझा धन बहादुर तमाङ भौतिक तथा योजनामन्त्री रमेश लेखकको रोजाइमा परेकाछन । उनलाई भौतिक योजना मन्त्रालयमा तान्ने तयारी लेखकले गरेका छन् ।

उता केही विशिष्ट कर्मचारी र सचिवहरु मन्त्रीको दैलो चाहर्न थालेका छन् । मालदार मन्त्रालयको खोजीमा सचिवहरु नेताको दैलोमा पुग्ने गरेका छन् ।
अर्थमन्त्रालयका सचिव लोकदर्शन रेग्मी गृहमन्त्रालयमा जान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ धाउन थालेका छन् । उनका बुवा पनि पुराना स्याङजाका कांग्रेस नेता हुन् । बुवाको फेरो समातेर उनी गृह जाने तयारीमा छन् । त्यसैगरी भूमिसुधार मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटा, सहरी विकास मन्त्रालयका सचिव शंकर अधिकारी नेताको दैलो धाउन थालेका छन् ।
  • एस काठमाडौँ 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: