
काठमाण्डौ – निकै तामझामका साथ काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने एक भारतीय प्रहरी जोडीको सगरमाथा चुमेको दाबी अन्ततः झूठो साबित भएको छ ।
सो जोडीले आफूहरुले सगरमाथाको चुचुरो चुमेको भन्दै आफूहरु नै सगरमाथामा पुग्ने पहिलो जोडी भएको दाबी गरेका थिए । उनीहरुले प्रमाणको रुपमा पेश गरेका केही फोटोहरुको जाँच गर्दा ती सबै नक्कली रहेका र फोटोसपको मद्धतले आफ्नो अनुहार जोडिएको पाइएपछि नेपाल सरकारले उनीहरुमाथि १० वर्षसम्म पर्वतारोहण गर्न नसक्ने गरी प्रतिबन्ध लगाएको छ ।
अधिकारीहरुका अनुसार उनीहरुले सगरमाथा चुचुरो चुमेको भनी पेश गरेको तस्विर नै नक्कली थियो ।
भारतको पुनेका पुलिस कन्स्टेबल दिनेश र उनकी पत्नी प्रहरी कन्स्टेबल नै रहेकी तराकेश्वरी राठौरले जुलाईमा मिडियाहरुलाई बोलाएर सगरमाथाको चुचुरो चुमेको दाबी गरेका थिए ।
बैंगलुरुका एक पर्वतारोही सत्यरुप सिद्धान्तले पत्रकारहरुलाई भारतीय दम्पत्तिले सगरमाथा आरोहण गरेको भनी प्रमाणको रुपमा पेश गरेको फोटो वास्तविकतामा आफूहरुको भएको पोल खोलिदिएपछि नक्कली सगरमाथा आरोहणको बिषय बाहिर आएको थियो ।
नेपालको पर्यटन विभागले उनीहरुलाई सगरमाथा आरोहण गरेको प्रमाणपत्र नै जारी गरिदिएको थियो । तर, छानबिनको क्रममा अरुको तस्विरमा फेरबदल गरिएको फेला परेपछि प्रमाणपत्र पनि खारेज गरिएको छ ।
पर्यटन विभागका प्रमुख सुदर्शनप्रसाद ढकालले समाचार एजेन्सी एएफपीलाई भनेका छन् कि राठौर दम्पत्तिले जुन तस्विर जम्मा गरेका थिए, त्यसमा मिहीन ढंगले विश्लेषण गर्दा पत्ता लाग्यो कि उनीहरुले सगरमाथा चुचुरो चुमेका अन्य भारतीय पर्वतारोहीको तस्विरमा फेरबदल गरी आफ्नो तस्विर र ब्यानर जोडिदिएका रहेछन् ।
उनका अनुसार नेपाल सरकारले गरेको छानबिनमा राठौर दम्पत्तिले पूर्ण रुपमा असहयोग गरेका थिए । यी जोडीलाई मद्धत गर्ने दुई शेर्पा सहायक हालसम्म फरार छन् ।
बैंगलुरुका एक पर्वतारोही सत्यरुप सिद्धान्तले पत्रकारहरुलाई भारतीय दम्पत्तिले सगरमाथा आरोहण गरेको भनी प्रमाणको रुपमा पेश गरेको फोटो वास्तविकतामा आफूहरुको भएको पोल खोलिदिएपछि नक्कली सगरमाथा आरोहणको बिषय बाहिर आएको थियो ।
राठौर दम्पत्तिको सगरमाथा आरोहण गरेको दाबी यसकारण पनि शंकास्पद थियो कि उनीहरुले पेश गरेको चुचुरो चुमेको भनिएको मिति र पत्रकार सम्मेलनको मितिमा कयौं दिनको अन्तर थियो ।
- बिज़शाला डट कम
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्