×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्ट्रपति कार्यालयबाट किन भए पत्रकार ‘आउट’ ?

PRIME CA
GLOBAL IME BANK

रास्ट्रपति कार्यालयबाट किन भए पत्रकार ‘आउट’ ?

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राष्ट्रपति कार्यालयले मन्त्रीहरुको सपथ ग्रहण समारोहमा पत्रकारलाई प्रवेश निषेध गरेको छ । सपथ समारोहको तस्वीर खिच्न तथा समाचार संकलनका लागि शुक्रबार त्यहाँ पुगेका पत्रकारलाई ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले शीतलनिवासको बाहिरी गेटमै रोकेका थिए । विद्या भण्डारी राष्ट्रपति भएपछि पत्रकारका लागि शीतलनिवासको पर्खाल अग्लो भएको हो ।
यसअघि पहिलो मन्त्रिमण्डल विस्तारका बेलासमेत पत्रकारलाई गेटबाटै फर्काइएको थियो । राष्ट्रपति कार्यालयका सहप्रवक्ता धु्रवराज आचार्यले स्थान अभावको कारण देखाएर पत्रकारलाई भित्र छिर्न दिएनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: