×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेभन्ज्याङमा प्रहरी चेकपोष्टकै कन्तबिजोग, पालले बेरेको चर्पी, प्रयोग गर्ने अफ्ट्यारो !

PRIME CA

काभ्रेभन्ज्याङमा प्रहरी चेकपोष्टकै कन्तबिजोग, पालले बेरेको चर्पी, प्रयोग गर्ने अफ्ट्यारो !

२९ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता  

काभ्रे – सरकारले प्रहरी तथा सेनाको व्यवस्थापन गर्न निकै मोटो रकम खर्च गर्ने गरेको छ । विभिन्न शिर्षकमा प्रहरीमा पनि मोटो रकम खर्च हुने गरेको छ । तर काभ्रेभन्ज्याङका प्रहरीहरुले भने एउटा राम्रो शौचालयसम्म पाएका छैनन् ।
काभ्रेमा अरु ठाउँको प्रहरी चेकिङभन्दा यहाँको चेकिङ केहि बढी सम्बेदनशील र कडाइ हुने गरेको छ । प्रहरीको व्यवहारदेखि स्थानीय निकै खुसी छन् भने भन्ज्याङमा प्रहरीले गरेको कामदेखि पनि सबै खुसी छन् । तर प्रहरीका लागि एउटा गतिलो चर्पी समेत सरकारले दिन सकेको छैन ।
अर्थ सरोकारकर्मीले यहि बिषयमा घुमाउरो पारामा, ‘तपाईंहरुको चर्पीको त बेहाल रैछ नि’ भन्ने प्रश्नमा त्यहाँका एक प्रहरी जवानले ‘अँ यस्तै छ’ भन्ने छोटो उत्तर दिए । अस्थायी प्रहरी पोष्ट भएकाले पनि त्यस्तो भएको हुन सक्ने स्थानीयबासी बताउँछन् ।
उक्त पोष्ट विहानदेखि बेलुकासम्मजसो नै व्यस्त हुने गरेको छ ।    
यो पनि पढ्नुहोस् :
     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: