×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ मन्त्रीको पहिलो निर्देशनः मेरो मुहार हेर्न दौडेर नआउनु, आवश्यक परे मै हेरौला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नयाँ मन्त्रीको पहिलो निर्देशनः मेरो मुहार हेर्न दौडेर नआउनु, आवश्यक परे मै हेरौला

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – राष्टपति बिद्यादेवी भण्डारीबाट सपथ लिएपछि शुक्रबार दिउँसो १ बजे नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी पदभार ग्रहण गर्न सिंहदरवार पुगे । पदभार ग्रहण गरिसकेपछि मन्त्री बुढाथोकीले कर्मचारीलाई निर्देशन दिँदै भने ,‘मेरो मुहार हेर्न तछाड मछाड गर्दै म कहाँ नआउनु, आवश्यक परयो भने म नै तपाईहरुको मुहार हेरौला ।’ 
मन्त्री बुढाथोकी पहिलो पटक मन्त्री बनेका छन् । पहिलो दिनमै उनले कर्मचारीलाई हौस्याउने र धम्क्याउने दुवै काम गर्न भ्याए । ‘सचिवज्यू दुर दराजमा बर्षाैदेखि काम गरिरहेका कर्मचारीको मलाई सुचि दिनुहोस्,’ उनले भने ‘बारम्वार विदेश जाने कर्मचारीको विवरण पनि दिन नभुल्नु होला ।’
 मन्त्रीज्यूको पहिलो निर्देशन सुनेर सविचले टाउको हल्लाए । हुनत सविच टंकमणि शर्माले दर्जनौ मन्त्रीहरुका दर्जनौ निर्देशन सुनि सकेका होलान । तर पहिलो मन्त्रीको पहिलो निर्देशनमा टाउको मात्र हल्लाए । मन्त्री बुढाथोकीले आजसम्म विदेश भ्रमण नगएका र दुर्गम ठाउँमा बसेर बर्षाै काम गरेका कर्मचारीलाई आफुले न्याय गर्ने बताएपछि सिंहदरवारका कर्मचारी चुपचाप निर्देशन सुनिरहे ।
 मन्त्री बुढाथोकी यतिमै चुप लागेनन् । उनले राजनीतिक आवरण बोकेका कर्मचारीलाई आफु कहाँ नआउन निर्देशन पनि दिए । ‘म राजनीतिक ब्यक्ति हुँ तर राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई काखा र पाखा गर्दिन’, उनले भने । सवै कर्मचारीलाई सामान ब्यवहार गर्ने र आफुलाई पनि दलको नेताका रुपमा मात्र नबुझन आग्रह गरे ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: