×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थामिएन कोइरालाको विरासत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

थामिएन कोइरालाको विरासत

Artha Sarokar

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – नेपाली राजनीतिमा एक समय कोइराला खानदानले एक छत्र राज जमायो । विशेषगरी २०५७ साल पछाडिको समयमा काग्रेंस सत्तामा हुँदा कोइराला खेमाबाट कसै न कसैको प्रतिनिधित्व रहँदै आएकोमा यो पटक कांग्रेस सत्तामा हुँदा कोइराला परिवार बाहिरै रह्यो ।

अहिले कोइराला परिवारकै बीडो थाम्नेहरुमा सांसद सशांक,शेखर र सुजाताहरु छन । यस अगाडि शेखर कोइराला परराष्ट्रमन्त्रीमा जाने बताइएको थियो । महामन्त्री सशांक थला परेको हुंदा शेखर निर्विकल्पजस्तै बनेका थिए ।

उनी परराष्ट्रमन्त्री पाएमा सरकारमा जाने सोचमा थिए । देउवाले परराष्ट्रमन्त्री आफ्नै टिमका प्रकाशशरण महतलाई बनाउने ईच्छा देखाएपछि कोइराला पछि हटेका थिए ।

यसअघि नै उपप्रधानमन्त्रीको ओहोदामा रहिसकेकी सुजता बरियताका कारणपनि जान अफ्ठयारो थियो ।त्यसमाथि सुजताले केपी ओली नेतृत्वकै सरकारको निरन्तरताका पक्षमा अभिव्यक्ति दिएकी थिइन् ।

कोइराला परिवार निकटका महेश आचार्य, शैलजा आचार्य लगायतले यदाकदा कोइराला परिवारको बिंडो थाम्ने गर्दथे । यस अगाडि कोइराला परिवारको तर्फबाट सरकारमा जबरजस्त सहभागिता हुने गर्दथ्यो ।

कतिसम्म भने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको समयमा काग्रंसका ततकलीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको दबावमा उनकी पुत्री सुजता उपप्रधान तथा परराष्ट्रमन्त्रीसहित सरकारमा सहभागी भएकी थिइन् ।

राजनीतिकरुपमा कनिष्ठ हुंदाहुंदैपनि गिरिजापुत्री भएकै कारण उनले सो लाभ लिएकी थिइन् । सुजाताले केपी ओली नेतृत्वको सरकार ढाल्न नहुने अभिव्यक्ति दिदै आएकी थिइन ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी