इलाम – इलामको एकतप्पा गाविसमा छ करोड ४० लाखको लागतमा पक्की कुलोको निर्माण कार्य सुरू भएको छ । सिँचाइ विकास डिभिजन कार्यालय इलामबाट कुलो निर्माण सुरू भएपछि एकतप्पावासी खुसी भएका छन् ।
विगतमै यो कुलो निर्माण हुनुपर्ने भए पनि यसपालिदेखि कुलो बन्न सुरू गरेको उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर योङहाङले बताए । देउमाई नगरपालिका र एकतप्पा गाविसबीचमा पर्ने ह्वेङ्मा खोलाबाट देउमाई ह्वेङ्मा खोला सिँचाइ कुलोले एकतप्पाका केही वडाबाहेक सबै वडामा सिँचाइ हुने भएको छ ।
१२.१ किलोमिटर लामो सिँचाइ कुलोले एकतप्पा गाविसका १, २, ६, ७, ८ र ९ नम्बर वडाका एक हजार ५०० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव रामजी कोइरालाले जानकारी दिए । तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताइएको छ । कुलोले एकतप्पाका छ वडाको ५०० रोपनीभन्दा बढी जग्गा सिञ्चित हुने भएको छ ।
एकाउन्न लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक कार्यालय इलामले गत आव २०७२÷७३ मा सवारीनियम उल्लङ्घन गर्ने सवारीसाधनबाट ५१ लाख ७० हजार ३५० राजस्व सङ्कलन गरेको छ । ट्राफिकले जिल्लाका विभिन्न स्थानमा नियमविपरीत सञ्चालन भएका जिप, मोटरसाइकल, बस, ट्रक, ट्र्याक्टरलगायत १५ हजार ६२८ वटा सवारीसाधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।
सवारी नियम पालना नगर्ने जिप, कार र भेन छ हजार ७२, ट्रक एक हजार ८५४, बस २६७, मोटरसाइकल छ हजार २५३ र ट्र्याक्टर एक हजार १७३ वटा कारबाहीमा परेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्