×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महतले दिए कर्मचारीलाई कडा निर्देशन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महतले दिए कर्मचारीलाई कडा निर्देशन

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – परराष्ट्रमन्त्री प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्रीको शपथ लिइसकेपछि शुक्रबार मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री महतले उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालय मातहतका सबै कार्यका बारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै मन्त्री महतले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत साधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गरे । उनले रिक्त बाँकी मुलुकमा पनि छिट्टै राजदूत पठाइने जानकारी दिए ।

ठूलो सङ्ख्यामा नेपाली कामदार भएका मुलुकबाट स्वदेशमा भित्रिने विपे्रषणलाई कम आँकलन गर्न नहुनेमा जोड दिँदै उनले भने, ‘ती देशमा जाने राजदूतले अरुभन्दा बढी काम गर्नुपर्छ । मानव संशाधन कम भएको छ भने थप्न म पहल गर्नेछु ।’

भारत र चीन दुवै नेपालका लागि महत्वपूर्ण छिमेकी मुलुक भएकाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै उनले सम्बन्ध थप उचाइमा पु¥याउन पहल गर्ने विश्वास दिलाए । उनले भने, ‘यो सम्बन्धलाई सुमधुर नगरी राष्ट्रिय अखण्डता, एकता र राष्ट्रिय स्वार्थलाई संवद्र्धन गर्न सकिँदैन ।’

सत्तामा जो आए पनि राष्ट्रिय स्वार्थलाई संरक्षण गर्दै छिमेकीको चासो र चिन्तालाई पनि महत्वका साथ हेर्नुपर्ने उनको धारणा थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: