×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजेन्द्र महत्तोले पैसा नदिएपछि संघीय गठबन्धनभित्र खैलाबैला

PRIME CA
GLOBAL IME BANK

राजेन्द्र महत्तोले पैसा नदिएपछि संघीय गठबन्धनभित्र खैलाबैला

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं – नयाँ संविधान प्रति बिमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत संलग्न रहेको संघीय गठबन्धनले आयोजना गरेको रिले अनसनमा निर्णायानुसार तीन दलले रकम नदिदा गठबन्धनमा खैलाबैला मच्चिएको छ ।
गठबन्धनवाट पटक पटक ताकेता गर्दा पनि निर्णायानुसारको रकम गठबन्धनको खातामा राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले निर्णायानुसारको रकम नदिदाँ गठबन्धनमा खैलाबैला मच्चिएको हो । गठबन्धनको पछिल्लो बैठकमासमेत सो रकमका बारेमा चर्चासमेत चलेको छ।
रिले अनसनमा जानु अघि बसेको बैठकले प्रत्येक दलवाट २५ हजार र सांसद भएका दलले थप प्रति सांसद २५-२५ हजारको दरले रकम दिनुपर्ने निर्णय भएको थियो। जसअनुसार गठबन्धनमा आवद्ध २९ दल मध्ये २६ दलले त्यति नै बेला रकम जम्मा गरिदिए तर यी ३ दलले भने सहमति गरेर पनि रकम जम्मा गर्न अझै आनाकानी गरिरहेको बताउँछन।
तर, सो रकम बुझाउनु पर्ने निर्णय गर्दा हाल रकम बुझाउन आनाकानी गर्ने तीनै दलका नेताको पनि उपस्थीति रहेको गठबन्धनका नेताहरु सम्झन्छन् । हाल पैसा बुझाउन आनाकानी गरिरहेका कुनै पनि दलले त्यसबेला कुनै आनाकानी गरेका थिएनन ।सो अनसनका लागि महत्तो नेतृत्वको पार्टीले २५ हजार र ४ वटा सांसदको १ लाख सहित १ लाख २५ हजार गठबन्धनलाई बुझाउन बाँकी छ ।
त्यस्तै, झाको पार्टीको २५ हजार र सांसद डिम्पल झाको २५ गरी ५० हजार तथा फोरम गणतान्त्रिकले पार्टीको २५ र सांसद सुनिता यादवको २५ गरी ५० हजार रकम बुझाउनु पर्ने थियो । तीनै दलको गरी जम्मा २ लाख २५ हजार रकम गठबन्धनलाई बुझाउन बाँकी छ ।
तर, अन्य दलले गठबन्धनमा बुझाएको रकम भने अनसनमा खर्च गरिएको थियो । जसअनुसार ३९ दिनसम्म अनसन बस्दा ८ लाख ५० हजार बराबर खर्च भएको बिबरण गठबन्धनको बैठकमा पेश भइसकेको छ । संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोककुमार राई, तराई मधेस समाजवादी पार्टीका बरिष्ठ नेता रामनरेश राय र थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरीसहित तीन जनाको संयुक्त हस्ताक्षर चल्ने गरी गठबन्धनको रकम खर्च गरिएको थियो ।हाल गठबन्धनमा रकम नबुझाउने तीन दल भने अनसनको पछिल्लो समयतिर उपस्थिति नै जनाउन छाडेका थिए ।
अझ अचम्म त, सो अनसन अबधिभर गठबन्धनका दुई नेता महत्तो र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर अनसनस्थलमा नै गई दिएनन । झन रमाइलो त के थियो भने, सो अनसनस्थलमा ‘गाई काट्न पाउनु पर्ने’ भन्दै खुल्लेआम जनजाति नेताहरुले भाषण दिन थाले पछि तराई मधेस केन्द्रित दल भित्रका ब्राम्हण नेताहरु पनि अनसनस्थलमा पुग्न छाडेका थिए ।
  • मीडिया एनपि 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: