
काठमाडौँ – नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन् ।
सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने, ‘अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमा भन्दा कामका आधारमा मूल्याङ्कन गर्छु ।’
मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेर मात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए।
सो अवसरमा उनले सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयस्तरीय समस्या समाधान बैठक यही आइतबार भदौ १२ बोलाउन गरेको प्रस्ताव स्वीकृत गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्