
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा माओवादी केन्द्रले समालेका सवै मन्त्रालयलमा छोरा र नातेदारहरुको हालिमुहाली देखिएको छ । माओवादी केन्द्रका मन्त्रीहरुले समालेका धेरै मन्त्रालयमा छोरा, नातेदारले भरिएका छन् भने कतिपय मन्त्रालयमा नेताका प्रिय पात्रले राज गर्न थालेका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो स्वकीय सचिवमा छोरा प्रकाश दाहाललाई राखेका छन् । सहसचिव स्तरको सुविधा दिएर दाहालले छोरा प्रकाशलाई प्रधानमन्त्रीको स्वीकय सचिव बनाएका छन् । पार्टी अध्यक्ष तथा प्रधामन्त्री दाहालले नै छोरालाई स्वकीय सचिव बनाएपछि अन्य मन्त्रीहरुले पनि सचिवालयमा आफ्न्त भर्न थालेका छन् ।
त्यसैगरी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि स्वकीय सचिवमा छोरा निर्मल महरालाई नियुक्त गरेका छन् । अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव हुन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका हिमाल शर्माले दौड सुरु गरेका थिए । तर छोरा निर्मललाई स्वकीय सचिवमा महराले नियुक्ति दिएपछि उनी रुष्ट बनेका छन् । अर्का छोरा राहुललाई पनि स्वकीय सचिवमा नियुक्त गर्ने तयारी महराले थालेको साँघुले उल्लेख गरेको छ ।
उता लामो समयदेखि पार्टी काममा लागेका माओवादी केन्द्रका कार्यकर्ताले भने मन्त्रीलाई भेट्न समेत पाएका छैनन् ।
- एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्