×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदी भन्छन्–प्रचण्ड भेट्न हतार भएको छ

PRIME CA
GLOBAL IME BANK

मोदी भन्छन्–प्रचण्ड भेट्न हतार भएको छ

१३ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विशेषदूत भएर दिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ४ भदौमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सेभेन रेसकोर्सस्थित निवासमा भने, ‘भारत सरकार प्रधानमन्त्री प्रचण्डसँग भेटका लागि व्यग्र प्रतिक्षारत छ ।
म आफैं पनि व्यक्तिगत रुपमा उहाँलाई स्वागत गर्न आतुर छु ।’ मोदीसँग करिब ५० मिटेन कुराकानीमा निधि प्रधानमन्त्री प्रचण्डलाई राम्रो स्वागत गर्ने दिल्लीको मुड बुझेर फर्किए ।
भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रचण्डले भारतमा भव्य स्वागत र सम्मान पाउनेछन् र विकाससँग सम्बन्धित प्रचण्डको चाहना र नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत पठाएका एजेण्डामा खुलेर छलफल गर्न भारत तयार छ ।’

  • नयाँ पत्रिका

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: