×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जहाज उडाएर फर्कंदै गर्दा पक्राउ परे बुद्ध एयरका नक्कली पाइलट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जहाज उडाएर फर्कंदै गर्दा पक्राउ परे बुद्ध एयरका नक्कली पाइलट

१३ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वछन्द घले पक्राउ परेकन हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई चार दिनअघि पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआजी नवराज सिलवालले बताए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो ।
घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाइ इन्जिनियर हुन् । पक्राउ परेका दुवैविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारबाही अघि बढाइएको सिआइबीले जनाएको छ । सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलटविरुद्ध अप्रेसन ह्वाक अभियान चलाउँदै आएको छ ।
यसअघि सिआइबीले नक्कली प्रमाणपत्रधारी पाइलट विशाल कार्कीलाई तीन महिनाअघि पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि जेलमा छन् । कार्कीलाई पक्राउ गरेपछि एक दर्जनभन्दा धेरै पाइलटले राजीनामा दिइसकेका छन् ।

  • नयाँ पत्रिका
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: