×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ शक्तिको आरोप ‘सवारी दुर्घटना सरकारद्वारा’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नयाँ शक्तिको आरोप ‘सवारी दुर्घटना सरकारद्वारा’

Artha Sarokar

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नयाँ शक्ति नेपालले रौतहटबाट पोखराको लागि छुटेको ग १ ख ३७०९ नम्बरको रात्रि बस शुक्रबार बिहान मुग्लिनको कालीखोलामा दुर्घटनामा परी २० जनाभन्दा बढीको मृत्यू भएको र दर्जनभन्दा धेरै जना घाइते घटनाले आफलाई स्तब्ध बनाएको बताएको छ ।

प्रवक्ता खिमलाल देवकोटाले ज्ञिप्तिमार्फत दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र ज्यान गुमाउनेका परिवारजनमा समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । विज्ञप्तिमा तत्काल उद्धार तथा शिघ्र उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

यसैगरी नयाँ शक्तिले आफ्नो स्थानीय पार्टी पंक्तिलाई उद्धारमा सक्रियतापूर्वक सघाउन निर्देशन दिएको छ ।

‘सरकारी निरिहता तथा सरोकारवाला निकायको गैरजिम्मेवारीपनका कारण दिनानुदिन भइरहेका सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौंं’, विज्ञप्तिमा भनिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी