×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेविसंघ महाधिबेशनपछि कांग्रेसका २ सय युवा नेता बेरोजगार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेविसंघ महाधिबेशनपछि कांग्रेसका २ सय युवा नेता बेरोजगार

१४ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – नेपाल बिद्यार्थी संघको महाधिबेशन सम्पन्न भएपछि नेपाली कांग्रेसका २ सय युवा कार्यकर्ता भूमिका विहीन भएका छन् । पार्टी निर्देशन अनुसार अघिल्लो कार्यसमितिमा भएका कुनै पनि पदाधिकारी तथा सदस्यहरुले ९ बर्षपछि सम्पन्न महाधिबेशनमा भाग लिन पाएनन् ।
बिद्यार्थी संघको राजनीतिबाट अवकास पाएका २ सय युवाले भूमिका खोज्न थालेका छन् । उनीहरुले यसलाई राजनीतिक बेरोजगारको उपमा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कुनै राजनीतिक बिजनेश र हैसियत नदिएपछि उनीहरु छुट्टै मोर्चामा संगठित हुन थालेका छन् ।
‘नेविसंघबाट मात्रै २ सय युवा बेरोजगार भए’ नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले भने ‘तरुण दल र महिला संघको महाधिबेशनपछि थप २ सय युवा भूमिका विहीन हुने छाँट देखिएको छ ।’ राजनीतिको मुख्य शक्ति युवाहरु नै भूमिका विहीन भएपछि पूर्व नेविसंघका नेताहरुले १६ भदौमा राजधानीमा छुट्टै कार्यक्रमको आयोजना गर्न लागेका छन् ।
पार्टीसँग भूमिका माग्न उनीहरुले छुट्टै भेलाको आयोजना गर्न लागेको बताए । ‘लामो समय राजनीतिक यात्रा गरेका युवाहरु अहिले भूमिका विहीन बनेका छन्’ शाहले भने ‘यो पार्टीका लागि ठुलो घाटाको बिषय हो ।’ पार्टी सभापति देउवा देश बाहिर छन् । उनी फर्केपछि ठोस योजना दिने उदेश्य युवाहरुको छ । विभिन्न खाल्का विभागहरु गठन गरी युवाहरुलाई भूमिका दिन उनीहरुले माग गरेका छन् । 
नेविसंघको महाधिबेशन सकिए लगतै एउटा समुह भुमिकाको खोजि गर्दै देउवा निवास बुढानीलकण्ठसम्म पुगेको थियो । तर देउवाले उनीहरुलाई भुमिका दिने ठोस योजना केही बताएनन् । जितजंग बस्नेत, ऋषिकेश जंग शाह, मनोजमणि आचार्य, शुभराम बस्नेत जस्ता नेताहरु भूमिका विहीन भएका छन् । उनीहरुलाई समय भूमिका नदिए पलायन हुन सक्ने शंका कांग्रेस नेताहरुको छ । तरपनि पार्टी सभापतिले भूमिकाको खोजि गरेका छैनन् ।

  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: