×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुम्नैपर्ने उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो स्थानमा

PRIME CA

घुम्नैपर्ने उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो स्थानमा

अर्थ सरोकार

३० श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – बेलायतको ‘रफ गाइड्स’ले तयार पारेको सन् २०१६ मा घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल पहिलो स्थानमा आएको छ । लन्डनमा केन्द्रीय कार्यालय रहेको ‘रफ गाइड्स’ले ३४ वर्षदेखि विश्वभरका पर्यटकका लागि ‘गाइड बुक’ तयार गर्दै आएको छ । यो पेन्गुइन ¥यान्डम हाउसको सहायक कम्पनी हो ।

रफ गाइड्सले तयार पारेको सन् २०१६ को सूचीमा नेपाल दक्षिण एसियाबाट नेपाल र श्रीलंका परेका छन् । श्रींलकाले उत्कृष्टकोे १० औं स्थानमा कोलम्बिया, तेस्रोमा क्युबा, चौथोमा जोर्डन र पाँचौं स्थानमा अल्बानिया परेका छन् । त्यस्तै छैठो स्थानमा रोमानिया, सातौमा एल साल्भाडोर, आठौंमा वेल्स, नवौंमा केन्या र दसौंमा श्रींलका परेको छ ।
“भुकम्प तथा थुपै्र परकम्पपछि पनि नेपालको पर्यटन उद्योग फेरि उदाएको छ”, रफ गाइड्सले भ्रमण सूचीमा नेपालबारे लेखेको छ, “हजारौं मान्छे घरबारविहिन भए र दैनिक जीवन पूर्ण रुपमा सामान्य अवस्थामा फर्किसकेको पनि छैन । तर, त्यहाँको एतिहासिक सम्पदास्थल विस्तारै पुननिर्माण हुँदैछन् ।
पदयात्रा मार्गहरु पुन खुला भइरहेको र नम्र तथा मृदुभाषी नेपाल विस्तारै सामान्य अवस्थामा फर्किन थालेको सूचीमा उल्लेख छ । पर्यटकले खर्च गर्ने डलर स्वतन्त्र होमस्टेमा मात्र नभई स्थानीय तहमै खर्च हुने र त्यसको लाभ सबैले पाउने नेपालका टुर तथा ट्राभल कम्पनीले आश्वस्त पार्दै आएको रफ गाइड्को भनाइ छ ।कारोबारमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: