×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारको दोहोरो अंकको वृद्धिमा ब्रेक, विकास बैंकका लगानीकर्ता मालामाल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बजारको दोहोरो अंकको वृद्धिमा ब्रेक, विकास बैंकका लगानीकर्ता मालामाल

१५ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – साताको पहिलो दिनदेखि सुरु भएको बजारको दोहोरो अंकको वृद्धिमा बुधबार ब्रेक लागेको छ । दोहोरा अंकले बढिरहेको बजारमा ब्रेक लागि वृद्धि दर एक अंकमा सीमित बनेको हो ।

बुधबार नेप्से परिसूचक ९.३७ अंकले वृद्धि भई १७९७.४५ अंकको उचाईमा पुगेको हो । जलविद्युत र होटल बाहेक अन्य सबै समूहको सूचक हराभरा भए ।

सबैभन्दा राम्रो वृद्धि उत्पादनमूलकको सूचकमा देखियो । यो समूहको सूचक २.०८ प्रतिशत(अंकमा ५३.०६)ले वृद्धि भएको हो । वाणिज्य बैंक र विकास बैंकमा क्रमशः ९.३८ र १७.२१ अंकको बढोत्तरी भयो । फाइनान्स समूहमा ०.८५ अंकको झिनो वृद्धि देखियो । बिमा समूह १२६.१४ अंकले बढ्दा अन्य समूह ४.३४ अंकले उक्लियो । बुधबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः  २.४८ र ०.५८ अंकले बढ्यो ।

सोमबार र मंगलबारको तुलनामा कारोबार रकम भने कम भएको छ । कुल १४६ कम्पनीका १७ लाख ५८ हजार ४ सय ८८ कित्ता सेयर १ अर्ब २५ करोड २३ लाखमा किनबेच भयो ।

बुधबार सबैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्सको ८ करोड ५० लाख बराबरको सेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकले ७ करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ करोड ४३ लाख, शिखर इन्स्योरेन्सले ६ करोड ५९ लाख, एनएमबी बैंकले ६ करोड ४९ लाख बराबरको कारोबार गरे । यसैगरी, माछापुच्छे बैंकले ४ करोड ८५ लाख, एनएलजी इन्स्योरेन्सले ४ करोड १४ लाख, सिद्धार्थ डेभलपमेन्ट बैंकले ३ करोड ९६ लाख, सिद्धार्थ बैंकले ३ करोड ७४ लाख र सानिमा बैंकले ३ करोड ७० लाख बराबरको कारोबार गरे  ।

धेरै कमाउने र गुमाउने
बुधबार तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि हासिल भयो । हाम्रो विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी देखियो । सिद्धार्थ डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्य पनि करिब ९ प्रतिशतले बढ्यो ।

अपी पावर कम्पनी, एनआइबिएल समृद्धि फण्ड १ का लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउनुपर्यो । वरुण हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्यमा क्रमशः ८.४१ र ५.८३ प्रतिशतको गिरावट आयो ।

  • बिज़शालाडटकम 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: